You are currently viewing त्रिकोणात्मक अन्तर्राष्ट्रिय टि-२० शृंखला : नेपाललाई नेदरल्यान्ड्सले दियो विशाल लक्ष्य
Photo : CAN

त्रिकोणात्मक अन्तर्राष्ट्रिय टि-२० शृंखला : नेपाललाई नेदरल्यान्ड्सले दियो विशाल लक्ष्य

माघ १७,काठमाण्डौं : नेदरल्यान्ड्सले महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा नेपाललाई १५८ रनको लक्ष्य प्रस्तुत गरेको छ । किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले २० ओभरको समाप्तिमा चार विकेट गुमाउँदै १५७ रनको योगफल तयार पार्यो ।

नेदरल्यान्ड्सका लागि रिकेले ४८ बलमा आठ चौकासहित अविजित ५९ रन बनाइन् । त्यस्तै मधयक्रमका ब्याटर आइरिस ज्वीलिङले १३ बलमा पाँच चौकाहित अविजित ३१ रन जोड्दा ओपनर स्टेर कालिसले ३५ बलमा चार चौकासहित २९ रनको योगदान गरिन् । यसैगरी हेथर सेगर्सले १९ बलमा समान एक चौका र छक्कासहित २३ रन बनाउँदा अन्य दुई खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

Photo : CAN

नेपालका लागि कविता कुंवर, पुजा महतो, इश्वरी विष्ट र सीता रनामगरले समान एक विकेट लिए ।

Photo : CAN

Leave a Reply