You are currently viewing त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपालको लगातार तेश्रो हार,उपाधि होडबाट बाहिरिने सम्भावना /@NepalvsNedarland

त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपालको लगातार तेश्रो हार,उपाधि होडबाट बाहिरिने सम्भावना /@NepalvsNedarland

माघ २०,धनगढी : काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० आई महिला शृंखलामा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ। आज भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग १५ रनले पराजित भयो। त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२५ रन मात्र बनाउन सक्यो।


नेपालको लागि कप्तान इन्दु बर्माले सर्वाधिक ३० रन बनाइन्। उनले ३२ बलमा १ छक्का प्रहार गरिन्। नेपालकी ओपनर सम्झना खड्का २३ रन बनाएर पेभिलियन फर्किइन्। उनले २५ बलको सामना गर्दै ४ चौका प्रहार गरिन्। अर्की ओपनर ममता चौधरी ७ रनमै आउट भइन्, जसमा उनले १ चौका प्रहार गरिन्। त्यस्तै, पूजा महतोले १८, कविता जोशीले १४ रन बनाइन्। रुबिना क्षेत्री र बिन्दु रावल शून्य रनमै आउट भए।

अलिशा यादव ५ रन बनाएर आउट भइन्। नेपालकी सीता राना मगर १० रन तथा रेवती धामी २ रन बनाउँदै नटआउट रहिन्। नेदरल्यान्ड्सका लागि आइरिस, हिथर सिगर्स र क्यारोलिन डी लिले समान २–२ विकेट लिए भने इभा लिन्च र इसाबेल भानले समान १–१ विकेट लिए।

त्यसअघि, त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ९ विकेट गुमाएर १४० रन बनाएको थियो।नेदरल्यान्ड्सकी कप्तान बाबेट डी लिडले सर्वाधिक ४१ रन बनाइन्। उनले ३८ बलमा ४ चौका र १ छक्का प्रहार गरिन्। नेदरल्यान्ड्सकी ओपनर फेबे मोल्केनबाएर २१ रन तथा अर्की ओपनर स्टेर कालिस ८ रन बनाएर आउट भइन्।

रोबिन रिज्के २१ रन तथा हिथर सिगर्स २६ रन बनाएर पेभिलियन फर्किए। नेपालका लागि सीता राना मगरले सर्वाधिक ५ विकेट लिइन् भने मनिषा उपाध्यायले २ विकेट लिए। कप्तान इन्दु बर्मा र कविता जोशीले समान १–१ विकेट लिए। यसअघि, नेपाल नेदरल्यान्ड्ससँग २० रनले तथा थाइल्यान्डसँग ४ विकेटले पराजित भएको थियो। आजको हारसँगै नेपाल उपाधि होडबाट लगभग बाहिरिने सम्भावना बढेके छ ।

Leave a Reply