You are currently viewing थारु समुदायमा सिकलसेल एनिमिया र थालेसिमियाको अवस्था भयावह, पन्ध्र सयमा चेकजाँच गर्दा ८० जनाभन्दा बढीमा प्रारम्भिक रिपोर्ट पोजेटिभ

थारु समुदायमा सिकलसेल एनिमिया र थालेसिमियाको अवस्था भयावह, पन्ध्र सयमा चेकजाँच गर्दा ८० जनाभन्दा बढीमा प्रारम्भिक रिपोर्ट पोजेटिभ

पौष २२,धनगढी: कृष्णपुर नगरपालिकाको स्वास्थ्य शाखाको आयोजना र निमेष सामुदायिक अस्पताल गुलरियाको प्राविधिक सहयोगमा वडा न ८ को रैकवार बिचवा स्वास्थ्य चौकीमा सिकलसेल एनिमिया र थालेसिमिया रोग पहिचान तथा निदानका लागि निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । आइतबार र सोमबार वडा न ९ र ८ मा करिबन पन्ध्र सय जनाको रगत परिक्षण गर्दा ८० जनाभन्दा बढीमा प्रारम्भिक रिपोर्ट पोजेटिभ आएको कृष्णपुर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख रतन बिस्टले बताएका छन ।

विशेष गरी थारु समुदायलाई लक्षित गरिएको यस शिविरमा बिहानैदेखि स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, र स्वयंसेवकहरूको सक्रिय सहभागिता देखिएको छ। शिविरमा नगरप्रमुख हेमराज ओझा र उपप्रमुख द्रोपती रानाको नेतृत्वमा जनप्रतिनिधिहरूको टोलीले निरन्तर अनुगमन गरिरहेका छन्।

थारु समुदायका लागि विशेष अवसर
शिविरले सिकलसेल एनिमिया र थालेसिमियाजस्ता गम्भीर र विरलै पहिचान हुने रोगहरूको परीक्षण र निदानका लागि थारु समुदायका सबैलाई सुनौलो अवसर प्रदान गरिरहेको छ।

स्वास्थ्यकर्मीको टोली अत्याधुनिक उपकरण र विशेषज्ञ ज्ञानसहित बिहानैदेखि सेवामा जुटिरहेको छ। नगर प्रमुख हेमराज ओझाले शिविरको औपचारिक उद्घाटन गर्दै यस्तो स्वास्थ्य कार्यक्रमले स्थानीय समुदायलाई दीर्घकालीन फाइदा पुर्‍याउने विश्वास व्यक्त गरे। “हामीले समुदायको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेका छौँ। यस्ता शिविरहरूले समुदायमा सचेतना र रोग पहिचानका लागि महत्वपूर्ण भूमिका खेल्छन्,” ओझाले बताए।

Leave a Reply