You are currently viewing थ्री स्टार्स अंग्रेजी आवासीय विद्यालयका विद्यार्थीहरुले गरे निङ्लाशैनी संस्कृत गुरुकुल विद्यापिठलाई खाद्यान्न तथा शैक्षिक सामाग्री सहयोग

थ्री स्टार्स अंग्रेजी आवासीय विद्यालयका विद्यार्थीहरुले गरे निङ्लाशैनी संस्कृत गुरुकुल विद्यापिठलाई खाद्यान्न तथा शैक्षिक सामाग्री सहयोग

धनगढी उपमहानगरपालिका वडा न.८ क्याम्पस रोडमा रहेको थ्री स्टार्स अंग्रेजी आवासीय विद्यालयका विद्यार्थीहरुले धनगढी १३ कैलाली गाउँमा रहेको निङ्लाशैनी संस्कृत गुरुकुल विद्यापिठलाई खाद्यान्न तथा शैक्षिक सामाग्री सहयोग गरेका छन । मंगलबार कक्षा १० मा अध्ययनरत ६५ जना विद्याथीहरुले विद्यापिठमा आफै उपस्थित भएर प्रधानाध्यपक खगेन्द्र राज अवस्थीलाई उक्त खाद्यान्न तथा शैक्षिक सामाग्री हस्तान्तरण गरेका हुन ।

खाजा खर्चबाट बचाएको रकम जम्मा गरेका विद्यार्थीहरुले चामल,दाल,तेल,तरकारी,नमकिनहरु र स्टेशनरी सामाग्री खरिद गरेर विद्यालयलाई सहयोग गरेका हुन । २०७१ सालमा स्थापना भएको उक्त निङ्लाशैनी संस्कृत गुरुकुल विद्यापिठमा हाल ३५ जना विद्यार्थी अध्ययनरत छन ।

विद्यापिठको आफ्नो निश्चित आयश्रोत नहुँदा सञ्चालनमा कठिनाई भैरहेका बेला थ्री स्टार्स अंग्रेजी आवासीय विद्यालयकाका विद्यार्थीहरुले गरेको सहयोगका लागि प्रधानाध्यपक खगेन्द्र राज अवस्थीले धन्यवाद व्यक्त गरेका छन । प्रअ अवस्थीले विद्यार्थीहरुलाई सामाजिक सेवामा लाग्नुपर्दछ भन्ने संस्कार थ्री स्टार्स अंग्रेजी आवासीय विद्यालयले प्रवाह गरेको भन्दै यसले समाजमा सकरात्मक प्रभाव पर्ने बताए ।


विद्यालयकी छात्रा दिपिशा सिंह र छात्र नितेश जफ्रेलले आफूले स सानो रकम जोगाएर जम्मा गर्दै यस्तो पवित्र ठाउँमा सहयोग गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताए । उनीहरुले यस्ता सहयोगले समाजमा सकरात्मक सन्देश जाने भन्दै आफूहरुलाई पनि सन्तृष्टी मिलेको बताएका छन ।


उक्त सहयोग हस्तान्तरण कार्यक्रममा शिक्षक द्वय श्याम रोयला र धन बहादुर खडायतको पनि उपस्थिति रहेको थियो ।

२०६१ सालमा स्थापना भएको थ्री स्टार्स अंग्रेजी आवासीय विद्यालय पछिल्लो समय गुणस्तरीय शिक्षाका लागि पनि परिचित छ । २०८१ को एसइइ परीक्षामा यस थ्री स्टार्सबाट ५५ जना विद्यार्थी सहभागी भएकोमा ५५ जना नै उतिर्ण हुँदै शत प्रतिशत नतिजा हाँसिल गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply