You are currently viewing थ्री स्टार्स इ.बो.स्कुल र ॐ श्रीनगर डेन्टल क्लिनिक बीच सम्झौता /@ThreeStarsEnglishBoardingSchool

थ्री स्टार्स इ.बो.स्कुल र ॐ श्रीनगर डेन्टल क्लिनिक बीच सम्झौता /@ThreeStarsEnglishBoardingSchool

जेठ २२,धनगढी : धनगढी उपमहानगरपालिका वडा न.८ क्याम्पस रोडमा रहेको थ्री स्टार्स इ.बो.स्कुलले ३ दिने निशुल्क दन्त शिविर सञ्चालन गरेको छ । पार्कमोड धनगढीमा रहेको ॐ श्रीनगर डेन्टल क्लिनिकको प्राविधिक सहयोगमा निशुल्क दन्त शिविर आयोजना गरिएको विद्यालय प्रशासनले जनाएको छ ।

दन्त शिविरमा कक्षा २ देखि क्mक्षा १० सम्मका सबै विद्यार्थी सहभागी रहेका छन । बिहिबार सुरु गरिएको दन्त शिविर सनिबार समापन हुने विद्यालयकी प्रिन्सिपल मिरा आचार्यले बताइन ।

पढाइका अलावा विद्यार्थीको स्वास्थ्यलाई पनि मध्यनजर राखेर हामीले हरेक वर्ष विभिन्न किसिमका स्वास्थ्य क्याम्पहरु आयोजना गर्दै आएका छौं,यसपटक पनि त्यसैको निरन्तरता हो प्रिन्सिपल आचार्यले बताइन ।

त्यसैगरी थ्री स्टार्स इ।बो।स्कुल र ॐ श्रीनगर डेन्टल क्लिनिक बीच सम्झौता पनि भएको छ । दुई संस्थाबिच एक वर्षका लागि सम्झौता गरिएको प्रिन्सिपल मिरा आचार्यले बताइन । प्रिन्सिपल आचार्यका अनुसार विद्यालयमा अध्यनरत विद्यार्थीको उपचारमा २० प्रतिशत छुट र अभिभावकहरुको उपचारमा १५ प्रतिशत छुट दिने भनी सम्झौता भएको हो ।

पार्कमोडमा रहेको ॐ श्रीनगर डेन्टल क्लिनिक धनगढी कै लोकप्रीय र विश्वसनीय डेण्टल क्लिनिक हो भने कक्षा नर्सरीदेखि कक्षा १० सम्म पढाइ हुने धनगढी उपमहानगरपालिका वडा न.८ क्याम्पस रोडमा रहेको थ्री स्टार्स इ.बो.स्कुल पनि छोटो समयमै धनगढीमा आफ्नो छुट्टै पहिचान बनाएको विद्यालय हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply