१६ भाद्र,२०८२ः दार्चुलाको नौगाड गाउँपालिका–५ सौकेबगर नजिक अटो रिक्सा दुर्घटनामा परी तीन जना महिला बेपत्ता भएका छन्। नौगाडबाट गोकुलेश्वरतर्फ जाँदै गरेको म१ख ११४८ नम्बरको अटो नौगाड नदीमा खसेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
घटनापछि अटोचालक मनिराम भुल र उनका १७ वर्षीय छोरा आयुष घाइते भएका छन्। आयुषलाई गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ भने अटोचालक भुललाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार चालक गम्भीर घाइते भएकाले अटोमा महिलाहरुसँगै अन्य बालबालिका पनि सवार हुनसक्ने आशंका गरिएको छ। हाल बेपत्ताहरूको पहिचान खुल्न सकेको छैन। प्रहरी र स्थानीयवासीले उद्धार कार्य जारी राखेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?