You are currently viewing दार्चुला र बझाङमा वर्षाःसर्तकता अपनाउन आग्रह

दार्चुला र बझाङमा वर्षाःसर्तकता अपनाउन आग्रह

११श्रावण,२०८२ः सुदूरपश्चिम प्रदेशको दार्चुला र बझाङमा पानी परेको छ । दार्चुलाको चमेलिया नदी जलमापन केन्द्रको जलसतहले सतर्कता तह पार गरेको छ । जलसतह बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भागमा रहनेलाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
त्यस्तै बझाङको बौलीगाड खोला जलमापन केन्द्रको जलसतह सतर्कता तह आसपास रहेको छ । यो खोलामा पानीको सतह बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्र र डुबान भइरहने होचा भागमा सतर्कता अपनाउन भनिएको छ । सुदूरपश्चिमलगायत देशका पहाडी भागका केही ठाउँमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply