You are currently viewing दिपेन्द्र सिंह ऐरी चम्किदा टि-२० मा नेपालको अमेरीका विरुद्ध ऐतिहासिक जीत
Photo : CAN

दिपेन्द्र सिंह ऐरी चम्किदा टि-२० मा नेपालको अमेरीका विरुद्ध ऐतिहासिक जीत

कार्तिक २, धनगढी: अमेरीका विरुद्धको पहिलो टि२० आइ खेलमा नेपालले ऐतिहासकि जीत निकालेको छ । अमेरीकाको ग्राण्ड पेरी स्टेडियम डल्लासमा नेपालले अमेरीकालाई १७ रनले पराजित गरेको हो । विश्व न २ अलराउण्डर दिपेन्द्र सिंह ऐरी चम्किदा नेपालले ऐतिहासिक जीत निकालेको हो । ऐरीले बलिङ तर्फ २७ रन खर्चेर ३ विकेट चट्काए भने ब्याटिङ तर्फ १७ बलको सामना गर्दे २ चौका र १ छक्का हिर्काउँदै २८ रन बनाए । नेपाल र अमेरीका एकदिवसियमा थुप्रैपटक आमुन्ने सामुन्ने भएपनि टि-२० आइमा भने पहिलो पटक खेलिरहेका छन ।

Photo : CAN

१६५ रनको लक्ष्य पछ्याएको अमेरीकाले २० ओभर पूरा ब्याटिङ गर्दे ७ विकेट गुमाउँदै १४७ रन मात्र बनाउन सक्यो । उस्का लागि सायन जहन्गिरले ६० रनको आक्रामक पारी खेले पनि टिमलाई जित दिलाउन सकेनन । उनले ३४ बलको सामना गर्दै ६ चौका र २ छक्काको मद्दतले ६० रनको अविजित पारी खेले । आन्द्रेस गौंसले ३० तथा मिलन्द कुमारले २२ रन बनाए भने अन्य ब्याट्सम्यानले उत्कृष्ट प्रर्दशन गर्न सकेनन । नेपालको तर्फबाट दिपेन्द्र सिंह ऐरीले उत्कृष्ट बलिङ गरे । ३ ओभर बलिङ गरेका ऐरीले २७ रन खर्चेर ३ विकेट चट्काए । नेपाली बलरले अमेरीकी ब्याट्सम्यानलाई कुनैपनि हाबी हुन दिएनन । करन केसीले ओपनर सैतेजालाई कप्तान पौडेल द्वारा क्याच आउट गराए । लगत्तै तेश्रो ओभरको पहिलो बलमै रिजल ढकालले अमेरीकी कप्तान मयंक पटेललाई क्लिन बोल्ड गरिदिए । त्यपछि अमेरीकाले लगातार विकेट गुमायो । नेपालका लागि करन केसी,रिजन ढकाल र गुल्शन झाले समान १ १ विकेट लिए ।

Photo : CAN

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरिरहेको नेपालले ९ विकेटको १६४ रन बनाएको हो । ओपनर अनिल शाह र आशिफ शेख बीच पहिलो विकेटका लागि ४८ रनको साझेदारीमा नेपालले उत्कृष्ट शुरुवात गरेपनि त्यसपछि नेपालले लगातार विकेट गुमायो । नेपालका लागि कप्तान रोहित पौडेल र दिपेन्द्र सिंह ऐरीले ६६ रनको साझेदारीले भने केहि राहत ग¥यो ।

नेपालका लागि आक्रामक ब्याटिङ गरिरहेका अनिल शाह २७ रन बनाएर आउट भए । उनले १८ बलको सामना गर्दा २ चौका र १ छक्काको मद्दतले २७ रन बनाए । त्यस्तै अर्का ओपनर आशिफ शेखले २७ बलमा ४ चौकाको मद्दतले २७ रन नै बनाए । तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका कुशल भुर्तेलले १३ बलको सामना गर्दा केबल १० रन बनाए । अमेरीका विरुद्ध गुल्शन झा ले पनि खास प्रभाव पार्न सकेनन उनी हरप्रित सिंहको बलमा स्वीप सट हिर्काउने क्रममा बोल्ड आउट भए । गुल्शनले ७ बल सामना गर्दा १ चौका र १ छक्काको मद्दतले ११ रन बनाए । कप्तान रोहित पौडेल इनिङको अन्तिम बलमा रन आउट भए । उनले ३३ बलको सामना गर्दे ४ चाका र १ छक्काको मद्दतले ४९ रन बनाए भने दिपेन्द्र सिंह ऐरीले १७ बलको सामना गर्दे २ चौका र १ छक्का हिर्काउँदै २८ रन बनाए । करन केसी,आरिफ शेख र सागर ढकालले खाता खोल्न सकेनन भने सोमपाल कामीले २ रन बनाए ।

Photo : CAN

अमेरीकाका लागि सौरभ नेत्रवलकर,जस्दिप सिंह र हर्मित सिंहले २- २ विकेट लिए भने अलि खान र नस्थुस केन्जिगेले समान १-१ विकेट लिए । ३ खेलको टि २० सिरिजमा कार्तिक ४ गते दोश्रो तथा ५ गते अन्तिम टि२० खेल हुनेछ । यो सिरज पछि नेपालले अमेरीकामै विश्व क्रिकेट डिभिजन लिन अन्तर्गत तेश्रो चरणमा स्कटल्याण्ड र अमेरीका विरुद्ध खेल्नेछ ।

Leave a Reply