माघ २९,धनगढी : पत्रकार एंव साहित्यकार दिर्घराज उपाध्यायको आमा म आउँदैछु कविता संग्रह सार्वजनिक भएको छ । मंगलबार धनगढीमा एक कार्यक्रमका बीच कवि डा.नवराज लम्साल,प्राध्यापक डा.हेमराज पन्त,साहित्यकार श्रेष्ठ प्रिया पत्थर ,सुदूरपश्चिम प्रदेश सभा सदस्य धर्मराज पाठक र ऐश्वर्य प्रकाशनका अध्यक्ष गणेश प्रसाद जोशीले संयुक्त रुपमा उक्त कृर्ती सार्वजनिक गरेका हुन ।
विमाचन कार्यक्रममा बोल्दै कवि डा.नवराज लम्सालले धनगढीमा हुर्किएर पनि देश विदेश नियाल्न सक्ने कलममा तागत भएको व्यक्ती दिर्घराज उपाध्यय रहेको बताएका छन । कवि लम्सालले धनगढीमा सामान्य अवस्थाबाट पत्रकारिता सुरु गरेका उपाध्यायले आफूलाई परिष्कृत गर्दै बृहत्तर पहिचान बनाएकोमा धगढीबासीले गर्व गर्नुपर्ने बताएका छन । त्यस्तै प्राध्यापक तथा समालोचक सिताराम भटट्ले यहि समाजमा घटित घटनाक्रमहरुलाई कवितामा उतारेको बताए ।
उनले राजनिती गर्नेहरुले समाजका लागि भन्दा आफू र परिवारकाको स्वार्थका लागि काम गरिरहेकोले त्यो आक्रोश एउटा कविमनले कविता मार्फत चित्रण गरकोे बताएका छन । विमोचन कार्यक्रममा प्राध्यापक डा.हेमराज पन्त ,साहित्यकार श्रेष्ठ प्रिया पत्थर र सञ्चारक्रमी टिकाराम यात्रीले शुमकामना व्यक्त गरेका थिए । विमोचन समारोहमा धनगढीको विभिन्न क्षेत्रका दिग्गज व्यक्तीहरुको उपस्थिति रहेको थियो ।
लामो समयदेखि पत्रकारतिमा पेशामा आबद्ध रहेका उपाध्याय संगसँगै साहित्य लेखनमा पनि सकृय छन । गजल लेखनबाट साहित्यमा प्रवेश गरेका उनी पछिल्लो समय कवितामा पनि कलम चलाइ रहेका छन । उपाध्यायको द्वन्द पत्रकारिताको एक दशक नामक कृर्ती केही महिना अगाडी मात्रै सार्वजनिक गरिएको थियो । यो उनको चौथो कृती हो ।
ऐश्वर्य प्रकाशनले प्रकाशन गरेको यस कविता संग्रहमा जम्मा ३० ओटा कविता संग्रहित छन । कविता संग्रहको मुल्य रु.२५० कायम गरिएको छ । ऐश्वर्य प्रकाशनका अध्यक्ष गणेश प्रसाद जोशीले स्वागत मन्तव्य राखेको कार्यक्रमको पत्रकार टेकराज अवस्थीले सञ्चालन गरेका थिए ।
कविता संग्रह विमोचनका थप केहि तस्वीरहरु :