आश्विन १२,धनगढी: लोकप्रीय गजलकार दिपक आचार्य जलनको गजल गीत ‘बग्ने खोलाको पानी’ बजारमा आएको छ । चर्चित गायिका मेलिना राईको स्वरमा रहेको ‘बग्ने खोलाको पानी’ बोलको गीत शुक्रबार एभरेष्ट ग्यालरीको अफिसियल युट्युब च्यानलमार्फत सार्वाजनिक भएको छ।
दीपक आचार्य (जलन) शब्द रहेको गीतमा कमल अधिकारीले संगीत दिएका छन् । उक्त गीतमा हेमन्त शिशिरले एरेन्ज गरेका हुन्। उक्त गीतको म्युजिक भिडियोमा सुगमका संगीत लोकप्रिय मोडल सनम कठायत, सोफि धरेल र हेमा सापकोटाको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।
गजलको मतला नै अति सुन्दुर छ : बग्ने खेलाको पानी न तिम्रो न मेरो,सोचेजस्तो जिन्दगानी न तिम्रो न मेरो । गजलको पहिलो शेयर छ सहनु त पर्छ काँडा बिजेपनि,पिडा रहित कहनाी न तिम्रो न मेरो । गीतमा सनम र सोफिले अत्यन्तै सुन्दुर अभिनय गरेका छन । सनम कठायत पछिल्लो समयका सबैभन्दा व्यस्त कलाकार मानिन्छन उनले अहिलेसम्म सयौं आधुनिक गीतमा अभिनय गरिसकेका छन ।
साँचो मायामा धोका पाएपछि उत्पन्न पिडालाई गीत मार्फत मार्किक ढंगबाटदेखाउन खोजिएको छ। गीतको भिडियो तथा अडियो पक्ष अब्बल रहेको छ । भिडियो चितवनको पर्यटकीय स्थानहरूमा छायाङ्कन गरिएको छ। उक्त म्युजिक भिडियोलाई प्रकाश खड्काले सिनेमेटोग्राफ गरेको गरेका छन् भने विकाश दाहालको सम्पादन रहेको छ । दिपक आचार्य जलन लामो समयदेखि गजल क्षेत्रमा सकृय श्रष्ठा हुन । उनको जलेको मन गजल संग्रह प्रकाशित छ ।
हेर्नुहोस् भिडियोस्