प्रहरीले आइतबार अपराह्न दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ।भक्तपुरस्थित घरबाटै प्रसाईंलाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रसाईं मेडिकल व्यवसायी हुन्।
तर पछिल्लो समय उनी ुराष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानु का नाममा गतिविधि गरिरहेका थिए। प्रसाईंमाथि विभिन्न व्यक्तिहरूलाई आरोपित गरेर आपत्तिजनक अभिव्यक्ति दिने गरेको पनि उजुरी छ। सोही उजुरीका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो।
गत बुधबार प्रसाईंसहित जीवन पाण्डे र प्रकाशचन्द्र दाहालविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। आफूविरूद्ध पक्राउ पुर्जी जारी भएपछि प्रसाईंले त्यसको विरोध गर्दै खारेज हुनुपर्ने बताइरहेका थिए।
उनका समर्थकले शनिबार साँझ मशाल जुलुससमेत निकालेका थिए। आइतबार दिउँसो भक्तपुरस्थित प्रसाईंको घरमा साइबर ब्युरोका प्रहरीहरू पुगेका थिए। त्यसबेला उनले गेट खोल्न मानेका थिएनन्। भर्याङ लगाएर प्रहरी घरभित्र प्रवेश गरी प्रसाईंलाई नियन्त्रणमा लिनुपरेको प्रहरी स्रोतले जानकारी दिएको छ।
अपक्राउ गरेर साइबर ब्युरो ल्याइसकेपछि प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध आफू लडिराख्ने अभिव्यक्ति दिएका थिए। प्रसाईंविरूद्ध साइबर ब्युरोमा व्यक्तिको चरित्र हत्या गरेकोलगायत उजुरी परेपछि प्रहरीले उनलाई आवश्यक अनुसन्धानका लागि पक्राउ गरेको हो।
साइबर ब्युरोको टोलीले भक्तपुरस्थित निवासबाट प्रसाईंलाई पक्राउ गरेको ब्युरोका डिआइजी नवीन्द अर्यालले बताएका छन्। काठमाडौंको भोटाहिटीस्थित साइबर ब्युरो कार्यालय बाहिरबाट एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
आइतबार अपरान्ह ब्युरोले दुर्गा प्रसाईंलाई भक्तपुरबाट पक्राउ गरेको हो। उनलाई पक्राउ गरेपछि उनका समर्थकहरू भोटाहिटीस्थित कार्यालय बाहिर नाराबाजी गरिरहेका थिए।प्रसाईंलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लग्न लागेपछि एक जनालाई नियन्त्रणमा लिएको हो।प्रहरी स्रोतका अनुसार ४१ वर्षीय सोनाम योन्जन प्रहरीको नियन्त्रणमा छन्। प्रहरीले प्रसाईंलाई भने जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंबाट अदालततर्फ लगिएको छ।