चैत्र ५,धनगढी: देउडा संस्कृति संरक्षण प्रतिष्ठानको अध्यक्षमा धनगढीका ध्रुब बहादुर सिंह निर्विरोध निर्वाचित भएका छन । सोमबार कैलालीको गोदावरीमा सम्पन्न प्रथम अधिवेशनबाट सिंह लगायत अन्य पदाधिकारीहरु चयन भएका हुन ।
प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा लाल बहादुर बोगटी,उपाध्यक्षमा कलावती साउँद,महासचिवमा वृजराज उपाध्याय,सचिवमा रत्ना भण्डारी र पूर्ण बहादुर शाही र कोषाध्यक्षमा पार्वती रावल चयन भएकी हुन । त्यस्तै सदस्यहरुमा दल बहादुर मल्ल,हुकुम देउवा,बम बहादुर मल्ल,रमेश बिजुली बिसी,अक्कद बिक,दिल बहादुर खड्का र प्रमिशा ऐर चयन भइन ।
कार्यक्रमा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.टि.एन.जोशि ज्यु रहेका थिए भने अन्य थुप्रै कलाक्रमीहरुको उपस्थिति रहेको थियो । सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा शाखा विस्तार गरिसकेको प्रतिष्ठानले कर्णालि प्रदेशका विभिन्न जिल्लाहरुम पनि शाखा विस्तारको कामलाई तिब्रता दिएको छ ।