You are currently viewing द हङकङ क्रिकेट सिक्सेस खेल्ने कप्तान जोरा सहित आधा टोली सुदूरपश्चिमकै
आगामी नोमेम्बर १ देखि हङकङमा सुरु हुने द हङकङ क्रिकेट सिक्सेस प्रतियोगीता खेल्ने नेपाली टोलीका कप्तान संदिप जोरा,सदस्यहरु नारायण जोशी र लोकेश बम

द हङकङ क्रिकेट सिक्सेस खेल्ने कप्तान जोरा सहित आधा टोली सुदूरपश्चिमकै

कार्तिक ६,धनगढी / डिल्लीराज ओझा

आगामी नोमेम्बर १ देखि हङकङमा सुरु हुन लागेको १९औं संस्करणको द हङकङ क्रिकेट सिक्सेसमा खेल्ने नेपाली टोली घोषणा भएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोली यतिबेला विश्वकप डिभिजन २ का लागि अमेरीकामा रहेकाले द हङकङ क्रिकेट सिक्सेस खेल्नको लागि को को ले मौका पाउँलान भन्ने बारे क्रिकेटप्रेमीले चाँसोका साथ हेरिरहेका थिए ।

मंगलवार नेपाल क्रिकेट संघ(क्यान) ले सन्दीप जोराको कप्तानीमा ७ सदस्यीय टोलीको घोषणा गरेको छ । जस्मा कप्तान जोरा सहित थप दुई सुदूरपश्चिमका युवाले टोलीमा स्थान बनाएका छन । ओपनिङ वा वानडाउनमा आफूलाई स्थापित गराइरहेका लोकेश बम र आक्रामक ब्याटिङ र बलिङका लागि चिनिने नारायण जोशीले द हङकङ क्रिकेट सिक्सेसका लागि अन्तिम ६ भित्र आफूलाई अटाउन सके । टोलीका अन्य सदस्यमा प्रतिस जिशी, राशिद खान, दीपेन्द्र रावत र विवेक यादव रहेका छन । प्रतियोगिताका खेलहरुमा हरेक टोलीबाट छ खेलाडी सहभागी हुने व्यवस्था छ । आउनुहोस सुदूरपश्चिमबाट द हङकङ क्रिकेट सिक्सेसमा सहभागी सुदूरपश्चिमका ३ जना खेलाडी बारे थोरै जानकारी लिउँ

१) संदिप जोरा ( कप्तान )
नेपाली राष्ट्रिय क्रिकेट टोलीमा निरन्तर राम्रो प्रदर्शन गर्दै आएका खेलाडी हुन संदिप जोरा । टिमलाई आवश्कता अनुसारको प्रर्दशन गर्ने खुबी भएका जोरा करिबन १ दशकदेखि क्रिकेट खेलिरहेका छन । २३ वर्षिय संदिप जोरा कञ्चनपुर निवासी हुन । उनले महेन्द्रगरबाटै आफ्नो क्रिकेट करियर सुरु गरेका थिए ।

आगामी नोमेम्बर १ देखि हङकङमा सुरु हुने द हङकङ क्रिकेट सिक्सेस प्रतियोगीता खेल्ने नेपाली टोलीका कप्तान संदिप जोरा

स्थानीय स्तरका प्रतियोगीतामा उमेर समूह हुँदै राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा समेत आफूलाई प्रमाणित गरेका जोरा पछिल्लो पुस्ताका अत्यन्तै आशालाग्दा खेलाडी हुन । सन २०१९ जनवरीमा युएई विरुद्ध ओडिआइमा डेब्यु गरेका जोराले अन्तिम ओडिआइ सन २०२३ फेबुररीमा स्कटल्याण्ड विरुद्ध खेलेका थिए । त्यसयता एकदिवसिय क्रिकेटमा भने जोराले स्थान बनाउन सकेका छैनन । उनले ५ ओडिआइमा ५६ रन बनाएका छन । जोराले टि२० मा डेब्यु पनि युएई विरुद्ध नै गरेका थिए ।

३१ जनवरी २०१९ मा टि२० मा डेब्यु खेलमै उनले युएई विरुद्ध अर्धशतक प्रहार गर्दै कम उमेरमै टि२० मा अर्धशतक प्रहार गर्ने खेलाडीको किर्तिमान आफ्नो नाममा लेखाएका थिए । त्यतिबेला जोराको उमेर मात्र १७ वर्षको थियो । त्यसपछि उनले पछाडि फर्किनु परेको छैन । अहिलेसम्म ३१ टि२० खेल खेलेका जोराले ११८.३ को स्टाइकरेटमा ३८८ रन बनाएका छन । जोरा यसैवर्ष अमेरीका र वेस्ट इण्डिजमा सम्पन्न टि२० विश्वकप खेल्दाको सदस्य रहिसकेका छन । उनले पछिल्लो टि२० खेल १६ जुन २०२४ मा बंग्लादेश विरुद्ध खेलेका थिए । नेपाल प्रियियर लिगमा जोरा लुम्बिनी लायन्सबाट खेल्नेछन । गत असोज २० गते सम्पन्न एनपिएल अक्सनमा उनलाई लुम्बिनी लायन्सले रु १५ लाखमा टिममा अनुबन्ध गरेकोे थियो ।

२) लोकेश बम
बिस्फोटक ब्याटरको रुपमा आफूलाई स्थापित गराइरहेका लोकेश पनि नेपाली क्रिकेटका अर्का उम्दा खेलाडी हुन । नेपाली राष्ट्रिय क्रिकेट टोलीको सदस्य समेत रहिसकेका बम डोटी जन्मिए पनि पढाइ र क्रिकेट करियर धनगढीबाटै सुरु गरे । धनगढी बस्दा उनले विद्यालय स्तर,जिल्ला स्तरीय प्रतियोगीता हुँदै राष्ट्रिय र अन्तराष्ट्रिय क्रिकेटको पनि अनुभव बटुलिसकेका बमलाई नेपाली क्रिकेटको भविष्यको रुपमा हेरिने गरिन्छ ।

आगामी नोमेम्बर १ देखि हङकङमा सुरु हुने द हङकङ क्रिकेट सिक्सेस प्रतियोगीता खेल्ने नेपाली टोलीका सदस्य लोकेश बम

१२ फेबुररी २०२२ मा युएइ विरुद्ध टि२० मा डेब्यु गरेका बम त्यसयता निरन्तर खेरिहेका छन । अहिलेसम्म ११ टि२० खेलेका बमले १२२.८६ स्टाइकरेटका साथ ८६ रन बनाउका छन । उनले आयरल्याण्ड ए र वेस्ट इण्डिज ए विरुद्ध पनि नेपाल ए को सदस्य रहँदै क्रिकेट खेलिसकेका छन । बमले किर्तिपुर स्थित टियु क्रिकेट मैदानमा आयरल्याण्ड ए विरुद्ध ५४ बलमा ९ चौका र ८ चौकाको मद्दतले १०६ रनको धुँवादार शतकीय पारी खेलेका थिए । पछिल्लो टि२० बमले १३ मार्च २०२४ मा पपुवान्युगिनी विरुद्ध खेलेका थिए । २४ वर्षिय बम राष्ट्रिय टोलीमा नियमित स्थान बनाउन संर्घषरत छन । नेपाल प्रियियर लिगमा बम विराटनगर किङ्सबाट खेल्नेछन । गत असोज २० गते सम्पन्न एनपिएल अक्सनमा उनलाई विराटनगर किङ्सले रु १५ लाखमा टिममा अनुबन्ध गरेको थियो ।

३) नारायण जोशी
नेपाली क्रिकेटमा पछिल्लो समय हट केकको रुपमा रहेका युवा खेलाडी हुन नारायण जोशी । अन्तराष्ट्रिय स्तरमा त्यतिधेरै अनुभव नबटुलेपनि राष्ट्रिय स्तरका प्रतियोगीतमा भने जोशी जहाँ जहाँ खेल्न गएका छन त्यहाँ त्यहाँ आफ्नो छाप छोड्न सफल भएका छन । सन २०१७ मा थाइल्याण्डमा सम्पन्न उमेर समूहको एसिसि इस्र्टन रिजन यु १६ प्रतियोगीतामा नेपाल च्याम्पियन हुँदा जोशीले उत्कृष्ट प्रर्दशन गरेका थिए । त्यसयता उनी निरन्तर क्रिकेटमा सकृय छन ।

आगामी नोमेम्बर १ देखि हङकङमा सुरु हुने द हङकङ क्रिकेट सिक्सेस प्रतियोगीता खेल्ने नेपाली टोलीका सदस्य नारायण जोशी

धनगढीबाटै किकेटको ब्याट समात्न सिकेका जोशी लामो समयदेखि सुदूरपश्चिम प्रदेशबाटै घरेलु क्रिकेट खेलिरहेका छन । उनले नेपालको पहिलो फ्रेन्चाइज क्रिकेट लिग धनगढी प्रिमियर लिगमा विराटनगर सुपर किङ्सबाट खेलेका थिए । ब्याटिङ,बलिङ र फिल्डिङमा उत्तिकै पोख्त जोशी आफूलाई पर्फेक्ट अलराउण्डरको रुपमा स्थापित गराउन नियमित संर्घष गरिहेका छन । उनी पछिल्लो समय धनगढी क्रिकेट एकेडेमीमा नियमित अभ्यास गर्ने गर्दछन । गत शुक्रबार जोशीलाई यस क्षेत्रकै लोकप्रीय कलेज सुदूरपश्चिमाञ्चल कलेज ( एस.पि.ए.) ले ’ब्रान्ड एम्बेसडर’ मा नियुक्त गरेको छ । यो नियुक्तीले उनको चर्चा अझ चुलिएको छ । उनले यसैवर्ष काठमाण्डौंमा सम्पन्न आयरल्याण्ड ए सँगको टि-२० सिरिजमा नेपाल ए बाट खेलेका थिए । केहिदिन अगाडी काठमाण्डौंमा सम्पन्न नेपाल प्रिमियर लिगको अक्सनमा जोशीलाई पोखरा एभेन्जरले रु.१० लाखमा अनुबन्ध गरेको थियो ।

द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्यान्ड एकै समूहमा रहेका छन् । टोलीको मुख्य प्रशिक्षकमा पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई जिम्मेवारी दिइएको छ ।प्रतियोगितामा नेपालको पहिलो खेलमा इङ्ग्ल्यान्डसँग कात्तिक १६ गते रहेको छ । दोस्रो खेलमा कार्तिक १७ मा अस्ट्रेलियासककंग खेल्नेछ । हरेक समूहका शीर्ष २ टोली क्वाटरफाइनलका लागि छनोट हुनेछन ।

प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल कात्तिक १८ गते हुनेछ । प्रतियोगितामा १२ राष्ट्रको सहभागिता रहेको छ । सहभागी राष्ट्रलाई ४ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा साविक विजेता दक्षिण अफ्रिका, न्युजिल्यान्ड र हङकङ तथा समूह ‘सी’ मा भारत, पाकिस्तान र युएई छन् । श्रीलंका, बंगलादेश र ओमान समूह ‘डी’ छन् ।

(खेलकुद,समसामयिक विषय र साहित्यमा कलम चलाउने डिल्लीराज ओझा समर्पण मिडियाका सम्पादक हुन । )

Leave a Reply