शिक्षासेवा अनिता पन्त सम्मानित भएकी छन । सुदरपश्चिम प्रदेशको शैक्षिक क्षेत्रमा योगदान पुर्याएको भन्दै कैलाली बहुमुखी क्याम्पसको ४५औं वार्षिकोत्सव समारोहमा पन्तलाई सम्मान गरिएको हो ।

वार्षिकोत्सव समारोहका पमुख अतिथि सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा.हेमराज पन्तले दोसल्ला र सम्मानप्रत्र सहित सम्मान गरेको हो । कैलाली बहुमुखी क्याम्पसबाटै उच्चशिक्षा हाँसिल गरेकी पन्त पछिल्लो दुईदशकदेखि धनगढीको एक्सिस विद्याश्रमकी संस्थापक प्रिन्सिपल भएर काम गरिरहेकी छन । धनगढी ५ हसनपुरमा रहेको एक्सिस विद्यालयमा हाल कक्षा नर्सरीदेखि कक्षा १२ सम्म २८०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन भने १५० जना कर्मचारी कार्यरत छन ।

विभिन्न शैक्षिक बहसहरुमा सहभागी भैरहने पन्त सामाजिक सेवाका क्षेत्रमा समेत सकृय छन । पन्तसँग लायन्स क्लब धनगढी स्वीकृर्ती समूह लगायत विभिन्न सामाजिक संघ संस्थामा आबद्ध भएर सामाजिक क्षेत्रमा काम गरेको अनुभव छ ।
त्यस्तै उक्त वार्षिकोत्सव समारोहमा दृष्टि फाण्डेसन धनगढीकी संस्थापक कल्पना भट्ट, कैलाली बहुमुखी क्याम्पसका निवर्तमान स्ववियु सभापति यमराज जोशी लगायत पनि सम्मानित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?