फाल्गुन ११,धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका–३ मा रहेको इमेरल्ड एकेडेमीको २३ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ। वडा नम्बर ३ का वडा अध्यक्ष राजबहादुर ऐरको प्रमुख आथित्थ्यमा २३ औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि ऐरले बालबालिकालाई माया गर्ने आमा नै भएको बताए। उनले स–साना बालबालिकालाई कस्तो बनाउने, कस्तो मार्ग निर्देशनमा लैजाने भन्ने बारेमा आमाले सोच्ने गरेको बताए। उनले बच्चाहरूको सपना गर्न आमाले बच्चाहरूको इच्छा अनुसार काम गर्नुपर्ने बताए।
उनले अहिले कक्षा ८ मै पढ्ने विद्यार्थीहरू पनि लागु औषधमा फस्ने गरेको बताए । उनले आफ्नो घर भन्दा कति छ घरमा आउन जान कति समय लाग्छ, त्यसको बारेमा अभिभावकले जान्नुपर्ने बताए। उनले मोबाइलको प्रयोग राम्रो कामका लागि गर्नुपर्ने बताउँदै बच्चाहरूलाई धेरै मोबाइल प्रयोग गर्न नदिई रचनात्मक काममा प्रयोग गर्न लगाउनु पर्ने बताए। कार्यक्रममा विशिष्ट अथिति इमेरल्ड एकेडेमीका प्रिन्सीपल सशिभुषण पाठकले रहेका थिए।
इमेरल्ड एकेडेमी विस २०५८ सालमा स्थापना भएको थियो। इमेरल्डमा हाल कक्षा नर्सरीदेखि कक्षा १० सम्म पढाइ हुँदै आएको छ । कार्यक्रममा विद्यार्थीहरूले सृजना गरेका विज्ञापन सामाग्री प्रर्दशन गरेका थिए। आफ्ना सम्पूर्ण विद्यार्थीहरूको सुरक्षा एवम् अभिभावकको सहजताका लागि बिमा प्रदायक कम्पनी निको इन्स्योरेन्ससँग रु १००००० सम्मको २४ सै घण्टे दुर्घटना बिमा सम्झैता गरेको छ ।
वार्षिकोत्सवकै अवसरमा कर्तव्यनिष्ठ,ईमानदार र अत्यन्त मिहनेति २ जना पूर्व प्राथमिक तहकी शिक्षिका दव्य श्री तुलसि भट्ट र श्रि साबित्रा भट्टलाई सम्मान गरिएको छ भने २ जना माविका शिक्षक सुमित कु शर्मा र दिलराम चौधरीलाई नगद धन रासि एव् प्रमाणपत्र प्रदान सहित सम्मान गरेको इमेरल्ड एकेडेमीका प्रिन्सीपल सशिभुषण पाठकले बताए ।