You are currently viewing धनगढीको एक्सिस विद्याश्रममा दशैं मेलाको रौनक

धनगढीको एक्सिस विद्याश्रममा दशैं मेलाको रौनक

असोज १६,धनगढी : धनगढी उपमहानगरपालिका वडा न.५ हसनपुरमा रहेको एक्सिस विद्याश्रमले दशैं मेला कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । बुधबार विद्यालय प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा विद्यार्थी र अभिभावकहरुको उत्साहाजनक उपस्थिति रहेको थियो । विद्यालय प्राङ्गणमा विद्यार्थीहरुले परम्परागत स्वादिष्ट खानाका परिकारहरु तयार गरेर मेला हेर्न आउने अभिभावक तथा दर्शकहरुलाई बेचिरहेका थिए । परम्परागत खानाका परिकार आफैले तयार गर्न पाउँदा उनीहरु एकदम खुशी देखिन्थे ।

एक्सिस विद्याश्रम कक्षा १० मा अध्ययनरत छात्रा दिव्यांशी पन्तले आफूले स्टलमा बटुक र पकौडा तयार पारेको र बिक्री भएको पैंसाबाट विभिन्न सामाजिक संस्थाहरुमा सहयोग गरिने बताइन । कक्षा ८ मा अध्ययनरत छात्रा सुवानी श्रेष्ठले यो दशैं मेलाले आफूमा भएको खुबी बाहिर ल्याउन महत्वपूर्ण भुमिका खेलेको बताइन । मेला अवलोकन गर्न आएका अभिभावक यज्ञराज अवस्थीले विद्यालयले आयोजना गरेको दशैं मेला विद्यार्थीहरुका लागि सिकाइको राम्रो माध्यम बनेको बताए । त्यस्तै मेला अवलोकन गर्न आएकी प्राञ्जल सिंहकी आमाले एक्सिस विद्याश्रले आयोजना गरेको दशैं मेलाबाट आफ्नो परम्परा जोगाउन र अनुशासनमा रहन महत्वपूर्ण भूमिका खेलेको बताइन । उनले यो मेला हरेक वर्ष आयोजना हुनुपर्ने बताइन ।

विद्यायकी प्राचार्य अनिता पन्तले दशैं मेलामा अभिभावकहरुको उत्साजनक उपस्थितिले आफूहरु अत्यन्तै खुशी भएको बताइन । उनले एक्सिस विद्याश्रममा जोडिएका अभिभावकहरु अत्यन्तै सहयोगी रहेको र उहाँहरुको प्रत्यक्ष उपस्थितिले नै कार्यक्रम सफल पार्न महत्वपूर्ण भूमिका खेलेको बताइन ।


प्राचार्य पन्तले विद्यार्थीहरुको व्यक्तित्व विकासका लागि र आफ्नो धर्म संस्कृति प्रति रुचि जगाउन,यस्को महत्व दर्शाउन यो कार्यक्रम आयोजना गरिएको बताइन । उनले दशैं आउने बित्तिक्कै मनमा छुट्टै किसिमको आनन्द र समाजमा छुट्टै उमंग सिर्जना हुने भन्दै यसको मौलिकतालाई बचाइराख्नुपर्ने बताइन । दशैं मेलामा विभिन्न परम्परागत खानाका परिकारहरुको स्टल,विभिन्न रमाइला खेलहरु,रामवण दहन कार्यक्रम समेत राखिएको थियो ।

 

Leave a Reply