You are currently viewing धनगढीको कैलाली मोडेलले भव्यताका साथ मनायो २९ औं वार्षिकोत्सव /@KailalimodelSchool /@KMSS

धनगढीको कैलाली मोडेलले भव्यताका साथ मनायो २९ औं वार्षिकोत्सव /@KailalimodelSchool /@KMSS

फाल्गुन १०,धनगढी: धनगढी उपमहानगरपालिका वडा न.४ उत्तरबेहडीमा रहेको कैलाली मोडेल माध्यामिक विद्यालयले भव्यवताका साथ २९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । वार्षिकोत्सव समारोमा विद्यार्थीहरुले विभिन्न मौलिक प्रस्तुती मार्फत अतिथि एंव अभिभावकहरुलाई मन्त्रमुग्ध पारेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि कैलाली मोडेलका संस्थापक एंव पूर्व प्राचार्य र हाल सल्लाहकार समेत रहेका मदनराज भट्टले कैलाली मोडेलले सुदूरपश्चिमको शैक्षिक क्षेत्रमा उल्लेखनीय फड्को मारेको बताए । उनले कैलाली मोडेललाई सुदूरपश्चिम प्रदेशकै उत्कृष्ट शैक्षिक गन्तव्य बनाउनका लागि तत्कालिन समयमा आफूहरुले स्थापना गरेको र हालका प्रचार्य तपेन्द्र सिंह लगायत सिंगो टिमको मिहिनेतले गरेर विद्यालयलाई यो स्थानसम्म ल्याइपुर्याएकोमा आफूलाई अत्यन्तै खुशी लागेको बताए ।

संस्थापक भट्टले विद्यालयलाई उत्कृष्टता प्रदान गर्न नेतृत्वकर्ता पनि मिहनेती तथा आकर्षक हुनुपर्ने भन्दै प्राचार्य तपेन्द्र सिंह अत्यन्तै डाइनामिक लिडर भएकै कारण  र  सिंगो टिमको मिहिनेत र लगावले विद्यालयले दिनप्रतिदिन फड्को मारिरहेको बताएका छन । कार्यक्रममा अघिल्लो शैक्षिक सत्रमा विभिन्न कक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई प्रमुख अतिथि भट्टले प्रमाणपत्र तथा मेडल प्रदान गरे ।


पछिल्लो ४ वर्षयता आफ्नौ सुविधा सम्पन्न भौतिक संरचनामा पठनपाठन गराइरहेको कैलाली मोडेलमा कक्षा नर्सरीदेखि कक्षा १२ सम्म अध्यापन हुँदै आएको छ । कैलाली मोडेल कक्षा ११ / १२ मा विज्ञान संकायका लागि सुदूरपश्चिम प्रदेशमै लोकप्रिय छ । राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षा २०८१ मा कैलाली मोडेल माध्यामिक विद्यालयका छात्र निराजन पाण्डेय ३.९२ जि.पि.ए.ल्याउँदै देशभरीमै चौथो तथा सुदूरपश्चिम प्रदेशमा प्रथम भएका थिए । हाल पाण्डेय काठमाण्डौंमा पूर्ण छात्रवृतीमा अध्ययनरत छन ।

त्यस्तै थुप्रैपटक कैलाली मोडेल माध्यामिक विद्यालयका विद्यार्थीहरु राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षामा सुदूरपश्चिम प्रदेश प्रथम भैसकेका छन ।

कैलाली मोडेल माध्यामिक विद्यालयको २९ र्औ वार्षिकोत्सवका थप केहि तस्वीरहरु : 

Leave a Reply