You are currently viewing धनगढीको गेटामा विद्या भुषण प्रिमियर लिग सुरु,४ टोली सहभागी लिगमा ६० खेलाडीलाई मौका /@VBPL

धनगढीको गेटामा विद्या भुषण प्रिमियर लिग सुरु,४ टोली सहभागी लिगमा ६० खेलाडीलाई मौका /@VBPL

वैशाख ३०,धनगढी : धनगढी उपमहानगरपालिका वडा न १३ मोहनपुरमा रहेको विद्या भुषण पब्लिक स्कुलको आयोजनामा आजबाट विद्या भुषण प्रिमियर लिग ( VBPL ) इन्ट्रा स्कुल क्रिकेट प्रतियोगीता सुरु भएको छ । मंगलबार विद्यालयकै खेल मैदानमा उद्घाटन सत्रका प्रमुख अतिथि जिल्ला समन्वय समिति कञ्चनपुरका सदस्य जय सिंह बिस्टले प्रतियोगीता समुद्घाटन गरेका हुन ।

 

उद्घाटनपिछ बोल्दै प्रमुख अतिथि बिस्टले गेटा मोहनपुर क्षेत्रको शैक्षिक उन्नयनका लागि विद्या भुषण पब्लिक स्कुलले उल्लेखनीय काम गरिरहेको बताए । उनले विगत एक दशकदेखि आफूले विद्यालयलाई नजिकबाट चिन्ने मौका पाएको भन्दै विद्यालयलाई आवश्यक पर्ने सम्पूर्ण प्याकेज विद्या भुषणसँग रहेको बताएका छन ।

त्यस्तै विद्यालयका संस्थापक प्राचार्य डिकेन्द्र जंग कुँवरले विद्यार्थीलाई पढाईमा मात्र सिमित नराखेर उनीहरुको रुची र समाजको आवश्यकता अनुसार विद्यालय अगाडी बढिरहेको बताएका छन । कुँवरले शिक्षण सिकाई सँगसँगै अतिरिक्त क्रियाकलापलाई थप मजबुत बनाउन आफ्नो टिमले हरेक वर्ष विद्यार्थीहरुका लागि केहि न केहि नयाँ योजना ल्याउने गरेको बताए ।

विद्यालयकका पूर्व विद्यार्थी आदित्य मडैले आफूलाई सक्षम र सबल बनाउन विद्या भुषणको विशेष भूमिका रहेको भन्दै आफू संसारका जुनसुकै कुनामा गएपनि विद्या भुषण पब्लिक स्कुललाई सम्झिरहने बताए । कार्यक्रममा विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक श्याम रायले विद्यालयमा क्रिकेट खेलप्रति विद्यार्थीहरुको असाध्यै रुची देखिएकाले आफूहरुले यो प्रयास गरेको बताए । उनले यो प्रतियोगीतापछि विद्या भुषणको एउटा बलियो क्रिकेट टिम बन्नेमा आफू विश्वस्त रहेको बताएका छन ।

विद्यालयका संस्थापक प्राचार्य डिकेन्द्र जंग कुँवर को अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रकमा विद्यालयका एकाडेमिक इञ्चार्ज सुरेन्द्र शाहले स्वागत मन्तव्य राखेका थिए । विद्यालयका शिक्षक गगन धामीले सञ्चालन गरेको कार्यक्रममा अभिभावक,पूर्व विद्यार्थी,विद्यालय सञ्चालक,पिच क्यूरेटर किसन महत लगायतको उपस्थिति रहेको थियो ।

४ टोली सहभागी लिगमा ६० खेलाडीलाई मौका
विद्या भुषण प्रिमियर लिग (VBPL) इन्ट्रा स्कुल क्रिकेट प्रतियोगीतामा विद्यालयमा अध्ययनरत विद्यार्थी मध्ये ६० खेलाडीले मौका पाएका छन । जसमा ग्रीन फाइटरर्स ,रेड राइनोज, ब्लु बेटल्स र यलो याक्स गरी गरी चार टोली सहभागी छन ।

ग्रीन फाइटरर्सको कप्तानी विवेक दुवाल, यलो याक्सको कप्तानी कैलाश शाह,रेड राइनोजको कप्तानी रिजन बोहरालेले गरिरहेका छन भने ब्लु बेटल्सको कप्तानीको जिम्मेवारी नविन शाहले गरिरहेका छन । केहिदिन अगाडी सम्पन्न अक्सन मार्फत प्रत्येक टोलीमा पन्ध्र पन्ध्र खेलाडी भित्र्एिका थिए । १०३ खेलाडीले अक्सनमा नाम समावेश गराएपनि ६० खेलाडी माथि मात्र बोली लाग्यो ।

जेष्ठ १ गतेसम्म सञ्चालन हुने प्रतियोगीतामा जम्मा ७ खेल हुनेछन । प्रत्येक टोलीले एक अर्का विरुद्ध खेल्नेछन र अंक तालिकाको शीर्ष स्थानमा रहेका दुई टोली उपाधिका लागि खेल्नेछन । प्रतियोगिताको विजेता टोली नगद ९ हजार र आकर्षक ट्रर्फी प्राप्त गर्नेछ भने प्रत्येक खेलको म्यान अफ दी म्याच र विधागत रुपमा उत्कृष्ट खेलाडीले पनि नगद र ट्रफी प्राप्त गर्ने विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक श्याम रायले जानकारी दिए ।

प्रतियोगीताका थप केहि तस्वीरहरु :

Leave a Reply