You are currently viewing धनगढीको ग्ली एकेडेमीले मनायो १७ औं वार्षिकोत्सव /@GleeAcademyDhangadhi

धनगढीको ग्ली एकेडेमीले मनायो १७ औं वार्षिकोत्सव /@GleeAcademyDhangadhi

माघ २६,धनगढी : धनगढी उपमहानगरपालिका वडा न.४ मा रहेको ग्ली एकेडेमीले १७ औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । शनीबार सौराइ बैंकुट हलमा विद्यार्थी र अभिभावक गरी हजारौंको संख्यामा ग्लीले वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । कार्यक्रममा विद्यार्थीहरुले आफ्नो मौलिक प्रस्तुति मार्फत अभिभावकहरुलाई मन्त्रमुग्ध पारेका थिए ।

प्ले ग्रुपदेखि माथिल्लो कक्षाका विद्यार्थीहरुले पालैपालो आकर्षक नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिमाञ्चल एकेडेमीका क्याम्पस प्रमुख योगराज गौतमले धनगढी मात्र नभइ सुदूरपश्चिम प्रदेश मै ग्ली एकेडेमीले अलग्गै पहिचान बनाइसकेको भन्दै विद्यालयको भविष्य सुन्दर रहेको बताएका छन । उनले महिलाको क्षमतामाथि प्रश्न गर्ने समाजले ग्ली एकेडेमीको व्यवस्थापन आएर हेर्न अनुरोध गरे । पछिल्लो ५ वर्षयता विद्यालयको नेतृत्व शान्ती भट्टले गरिरहेकी छन भने उनलाई तारा पल्लवी लगायतले भरपुर साथ दिएका छन ।

कार्यक्रममा हरेक वर्ष कक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कृत गरिएको छ । पुरस्कृत छात्र छात्रालाई प्याब्सन धनगढी नगरकमिटिका अध्यक्ष धुर्ब बहादुर सिंह र कोषाध्यक्ष योगेन्द्र सिंहले मेडल तथा शिल्ड प्रदान गरे । वार्षिकोत्सव समारोहको अध्यक्षता विद्यालयकी प्राचार्य शान्ती भट्टले गरेकी हुन भने उपस्थित अभिभावकलाई विद्यालयकी सहायक प्राचार्य तारा पल्लवीले स्वागत गरेकी थिइन । कार्यक्रमको सञ्चालन विद्यालयका विद्यार्थीहरुले नै पालैपालो गरेका थिए । करिबन ८ सय विद्यार्थी अध्ययनरत विद्यालयमा ६० जनाभन्दा बढी कर्मचारी कार्यरत छन ।

धनगढीको ग्ली एकेडेमीका १७ औं वार्षिकोत्सवका थप केहि तस्वीरहरु :

Leave a Reply