You are currently viewing धनगढीको चैतन्य पाठशालामा सप्ताहव्यापी विद्यार्थी महोत्सव सुरु / @ChaitanyaPathashala

धनगढीको चैतन्य पाठशालामा सप्ताहव्यापी विद्यार्थी महोत्सव सुरु / @ChaitanyaPathashala

पौष २७,धनगढी : धनगढी उपमहानगरपालिका–५ शिवनगरमा रहेको चैतन्य पाठशालामा सप्ताहव्यापी प्रथम चैतन्य विद्यार्थी महोत्सव सुरु भएको छ । विद्यालयको प्राङगणमा शनीबार एक भव्य समारोहका बीच विद्यार्थी महोत्सवको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन गरेका हुन । मुख्यमन्त्री शाहले निजी क्षेत्रले विद्यार्थीहरुको सर्वोत्तम हितका लागि यति भव्य कार्यक्रम आयोजना गर्नु अत्यन्तै राम्रो काम भएको बताए । उनले विद्यार्थीहरुलाई सिर्जनशीलतामा जोड्न र आफ्नो प्रतिभा बाहिर ल्याउन यस्ताखाले कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने समेत बताए ।


चैतन्य पाठशालाको आयोजनामा चैतन्य विद्यार्थी महोत्सव २०८१ उद्घाटन सत्रमा सुदूरपश्चिमको कला संस्कृति झल्किने विभिन्न झाँकीहरु प्रदर्शन गरिएका थिए । अभिभावकहरुको बाक्लो उपस्थिति रहेको विद्यार्थी महोत्सवमा विभिन्न विद्यार्थीहरुले आफ्नो प्रस्तुतीहरु राखेका थिए ।

चैतन्य पाठशालाले विगतका वर्षदेखि नै आयोजना गर्दै आइरहेको स्टिमफेयर वार्षिक खेलकुद सप्ताहलाई यो वर्ष विन्टर क्याम्प रमाइलो मेलालाई जोडेर संयुक्त रुपमा आयोजना गर्न लागेको पाठशालाका प्रधानाध्यापक कटकबहादुर सिहँले बताए । सिंहले पढाइका अतिरिक्त विद्यार्थीहरुको समग्र क्षेत्रमा विकास होस भन्ने हेतुले यति ठूलो कार्यक्रम आयोजना गर्ने आँट गरेको बताएका छन । प्रधानाध्यापक सिंहले चैतन्यका मात्रै नभएर समग्र धनगढीका विद्यार्थीहरुले पनि सिक्ने तथा प्रतिीपर्धा गर्ने अवसर पाउन भन्ने हेतुले अन्तर विद्यालय कविता,नृत्य,वक्तृत्वकला लगायतका विधामा प्रतियोगीता समेत आयोजना गरिएको बताएका छन ।

 

महोत्सवको उद्घाटन समारोह चैतन्य पाठशालाका अध्यक्ष गणेशप्रसाद जोशीको अध्यक्षतामा सम्पन्न भएको हो । मुख्यमन्त्री शाह प्रमुख अतिथि रहेको कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभाका सदस्यहरु,विभिन्न विद्यालयका प्रधानाध्यापकहरु,खेल तथा उद्यम क्षेत्रका दिग्गज व्यक्तिहरु,कला साहित्यमा जोडिएका दर्जनौं व्यक्तिहरुको उपस्थिति रहेको थियो । औपचारिक कार्यक्रमको सञ्चालन सोहि विद्यालयका शिक्षक हेमा जोशीले गरेकी थिइन । सनिवार सुरु भएको चैतन्य महोत्सव आगामी माघ ५ गतेसम्म सञ्चालन हुनेछ ।

Leave a Reply