भाद्र ४, धनगढी
Exito International Award Dubai(UAE) को आयोजनामा सम्पन्न भएकाे एक कार्यक्रममा डिस्कभरी इंग्लिस बोर्डिङ स्कुल सम्मानित भएको हो ।धनगढी उपमहानगरपालिका -८ क्याम्पस रोडमा रहेको उक्त स्कुललाई लामो समयदेखि गुणस्तरीय सेवा दिदै आएको Discovery English Boarding School “Emerging School Award” विधाबाट सम्मानित भएको छ ।

उक्त अवार्डका लागि नेपाल भरीबाट ३० विद्यालय र कैलालीबाट डिस्कभरी इंग्लिस बोर्डिङ स्कुल छनोट भएको थियो । अवार्ड प्राप्तपछि खुशी भएर प्रतिक्रिया दिदै विद्यालयका संस्थापक योगेन्द्र बहादुर सिंहले गुणस्तरीय शिक्षाका लागि आफ्नो विद्यालयले मिहिनेत गरिरहेको र त्यसकै परिणाम आज अवार्ड जित्न सफल भएको भन्दै यसको श्रेय सम्पूर्ण शिक्षकहरुलाई जाने बताए । कक्षा नर्सरीदेखि कक्षा १० सम्म पढाइ हुँदै आएको डिस्कभरी इंग्लिस बोर्डिङ स्कुलले कक्षा ८ र एस.इ.इ.को परीक्षामा उत्कृष्ट नतिजा दिदै आएको छ ।
