You are currently viewing धनगढीको डिस्कभरी माध्यमिक विद्यालयमा मनाइयो सहिद दिवस /@DiscoverySecondarySchool

धनगढीको डिस्कभरी माध्यमिक विद्यालयमा मनाइयो सहिद दिवस /@DiscoverySecondarySchool

माघ १६,धनगढी : धनगढी उपमहानगरपालिका ८ कान्तिपुर टोलमा रहेको डिस्कभरी माध्यमिक विद्यालयले भव्यताका साथ सहिद दिवस मनाएको छ । बुधबार विद्यालय प्राङ्गणमा वीर सहिद दशरथ चन्द,गंगालाल श्रेष्ठ,शुक्रराज शास्त्री र धर्मभक्त माथेमाको तस्वीरमा माल्यार्पण गर्दै यो देशमा राष्ट्रिय एकता र स्वाधिनताका लागि उहाँहरुले पुर्याउनुभएको योगदानको स्मरण गर्दै सहिद दिवसको महत्व बारे छलफल गरिएको विद्यालयका संस्थापक योगेन्द्र सिंहले बताए ।

शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुले पनि सहिदहरूको योगदानबारे प्रकाश पार्दै विद्यार्थीहरूलाई देशप्रेम र नागरिक उत्तरदायित्वबारे जागरूक गराए । उक्त कार्यक्रममा सहिदहरूको सम्झनामा एक मिनेट मौनधारण गरि राष्ट्रका लागि सहिदहरुले गर्नुभएको बलिदानको महत्व बुझ्न प्रेरित गरिएको थियो ।


विद्यालयले यस दिवसलाई सदाका वर्षझैं यसवर्ष पनि विशेष रूपमा मनाउँदै सहिदहरूप्रति उच्च सम्मान प्रकट गरेको छ,जसले विद्यार्थीहरूमा देशभक्तिको भावना अभिवृद्धि गर्न मद्दत पु¥याएको विद्यालयका संस्थापक योगेन्द्र सिंहले बताए ।

 

Leave a Reply