धनगढी उपमहानगरपालिका वडा न.८ कान्तिपुर टोलमा रहेको डिस्कभरी माध्यमिक विद्यालयले दोश्रो माघि महोत्सव भव्यताका साथ सम्पन्न गरेको छ । महोत्सवमा विद्यार्थीहरुले तयार पारेका विभिन्न खानाका परिकारहरुको प्रर्दशनी,सांस्कृतिक कार्यक्रम,कविता वाचन प्रतियोगीता तथा विज्ञान प्रर्दशनी गरिएको छ ।

कविता वाचनमा प्राप्ती बस्नेत प्रथम,झरना जोशी दृतिय र नविन राज जैसी तृतिय भएका थिए । उनीहरुलाई क्रमश नगद १५००,१००० र ५०० प्रदान गरिएको थियो । त्यस्तै विज्ञान प्रर्दशनीमा पनि उत्कृष्ट सामाग्री तयार गर्नेलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा विद्यालयकी शिक्षिकाहरुले थारु पहिरनमा सजिएर सुन्दर नृत्य प्रस्तुत गरिन भने शिक्षक विक्रम ताम्राकारले मिठो गीत सुनाउँदै अभिभावकहरुलाई मन्त्रमुग्ध पारेका थिए । कार्यक्रमको सञ्चालन विभिन्न भाषामा गरेर विद्यार्थीहरुले नै गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वृख बहादुर सिंहको अध्यक्षतामा सम्पन्न उक्त माघि महोत्सवको प्रमुख अतिथि धनगढी नगर प्याब्सनका अध्यक्ष ध्रुब बहादुर सिंह रहेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि सिंहले पछिल्लो समय पढाई सँगसँगै डिस्कभरी अतिरिक्त क्रियाकलापमा पनि अब्बल सावित हुँदै गैरहेको बताए । उनले राम्रो व्यवस्थापनका कारण छोटो समयमै विद्यालयलाई अभिभावकहरुले अत्याधिक माग गरेको भन्दै प्रिन्सिपल योगेन्द्र बहादुर सिंहलाई धन्यवाद दिएका छन । माघिको महत्व घटिरहेको बेला विद्यालयले यस्ता कार्यक्रम आयोजना गर्नु सुन्दर पक्ष रहेको सिंहको भनाइ थियो ।

विद्यालयका प्रिन्सिपल योगेन्द्र बहादुर सिंहले आफूहरुले विद्यार्थीहरुको सर्वागिण विकासका लागि आवश्यक पर्ने कुनैपनि कुरामा कमी नगरेको बताउँदै सैद्धान्तिक भन्दा पनि प्रयोगात्मक सिकाइमा बढी ध्यान दिइरहेको बताए ।
Video here :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?