भाद्र १४,धनगढी
धनगढीका मिलन कुँवरको जन्मदिन मनाउन पछिल्लो समयका चर्चिच नायक पल शाह दृष्टि फाउण्डेन पुगेका छन । बिहिबार खाद्यान्न सामाग्री बोकेर नायक शाह,कुँवर सहितको टिम असहायको साहारा दृष्टि फउण्डेसन पुगेको हो । कैलाली उद्योग वाणिज्य संघले हरेक वर्ष आयोजना गर्दै आएको सुदूरपश्चिम महोत्सवको सांस्कृतिक संयोजक समेत रहेर काम गरेका कुँवरले जन्मदिनमा चामल,दाल,नुन,तेल,चाउचाउ र तरकारी फाउण्डेसनलाई सहयोग गरेका हुन । उनले जन्मदिनमा फजुल खर्च गरेर रमाउनु भन्दा आफूलाई यसरी सहयोग गर्न धेरै मन पर्ने बताए ।
त्यस्तै नायक पल शाहले आफू दृष्टि फाउण्डेसनमा दोश्रो पटक आएको भन्दै यहाँ आउँदा आफूलाई आनन्द लाग्ने बताए । उनले कल्पना भट्टले अत्यन्तै पुण्यको काम गरेको भन्दै आफूले दृष्टि फाउण्डेसनलाई बाँचुञ्जेल सहयोग गर्ने बताए । फाउण्डेसनकी सञ्चालिका कल्पना भट्टले आफूले जीवन नै दृष्टिका लागि सुम्पिसकेको भन्दै अब यसैमा रमाउन थालेको बताइन । उनले दाताहरुको सहयोगबाटै अहिलेसम्म फाउण्डेसन चलेको भन्दै सबैलाई सहयोग गरिदिन आग्रह गरिन
कुँवरको जन्मदिनमा नायक शाहले आफूले फाउण्डेसनमा रहेका चेलीहरुसँग नाच्दै उनीहरुलाई खुशी बनाएका थिए । उनले तिमी र म जाउँ माया कैं टाढा बोलको गीतमा सबैको हात समाउँदै नाँचेर सबैलाई आनन्दित तुल्याए ।
पछिल्लो एक दशकदेखि साहारा बिहिन सडक महिलाहरुको आश्रय स्थल बनेको फाउण्डेसनमा अहिले पनि मानसिक स्वास्थ्य बिग्रीएका ६५ जना महिलाहरु र १५ जना बालबालिका बस्दै आएका छन । लामो समयदेखि क्याम्पस रोडमा भाडाको घरमा सञ्चालन हुँदै आएको दृष्टि फाउण्डेसन अहिले धनगढी उपमहानगरपािलका १३ मा करिबन ८ कठ्ठा जमिनमा आफ्रनै भवनबाट बेसाहाराहरु सडक महिलाहरुलाई साहारा दिदै आएको छ । पछिल्लो समय धेरैले जन्मदिन,वैवाहिक वर्षगाँठ,आफ्ना आमाबुवाको पुण्यतिथि लगाएतका कार्यक्रहरु दृष्टि फाउण्डेसनमा गर्दै आएका छन ।