माघ ७,धनगढी : धनगढी उपमहानगरपालिका ६ मटीयारीमा माघि मिलन कार्यक्रम सम्पन्न भएको छ । सोमबार स्थानीय मेला बोझिया देउथान समितीको आयोजना एंव राइजिङ स्टारको मुख्य प्रायोजनमा दोस्रो माघ मिलन कार्यक्रम २०८१ सम्पन्न भएको हो । उक्त कार्यक्रममा प्रमुख अतिथि पुर्व भौतिक तथा योजना मन्त्री प्रकाश देउवा रहेका थिए ।
यस्तै विशिष्ट अतिथि निसर्ग हस्पिटलका अध्यक्ष तिर्थ पन्त , वडा न. ५ का अध्यक्ष गजेन्द्र शाही,वडा न ६ का अध्यक्ष भागिराम चौधरी ,पुस्तक तथा स्टेस्नरी व्यवसायी संघका अध्यक्ष भिम पडाल,राइजिङ स्टारका प्रबन्ध निर्देशक कलेन्द्र शाही, थारु समुदायका अरुवा भलमान्सा नगर सभापति रोहित चौधरी , विभिन्न समुदायका भलमान्साहरु विभिन्न क्षेत्रका व्यक्तिहरु , शिक्षक तथा विद्यार्थीहरुको उपस्तिथि रहेको थियो ।
उक्त कार्यक्रममा निसर्ग हस्पिटलले प्रायोजन गरेको थियो भने राइजिङ स्टारको मुख्य प्रायोजनमा रहेको थियो । उक्त कार्यक्रमको अध्यक्षता मेला बोझिया देउथान समिति थारु समाजका अध्यक्ष भलमन्सा बिन्तीराम चौधरीले गरेका थिए ।
वडा न.६ मटियारी क्षेत्रमा थारु समुदायको बाहुल्यता रहेको र थारु समुदायको लागि माघि कार्यक्रम विशेष रहने गरेको भन्दै पछिल्ला केहि वर्षदेखि माघि मिलन कार्यक्रममा सहकार्य गर्दै आएको राइजिङ स्टारका प्रबन्ध निर्देशक कलेन्द्र शाहीले बताए ।