फाल्गुन १६,धनगढी : धनगढी उपमहानगरपालिका वडा न.६ मटियारीमा रहेको राईजिङ्ग स्टार ईङ्लिस बोडिङ्ग स्कुलले ७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्यताका साथ मनाएको छ । शुक्रबार विद्यालयको प्रांगणमा खचाखच भरिएका अभिभावकहरुका बीच उक्त वार्षिकोत्सव मनाइएको हो ।
कार्यक्रममा विद्यार्थीले थरिथरिका प्रस्तुती मार्फत उपस्थित अतिथि र अभिभावकहरुलाई मनोरञ्जन दिएका थिए । विद्यार्थीहरुको वाककला र आत्मविश्वास हेर्न लाएक थियो । दर्जनौं विद्यार्थीहरुले विभिन्न शिर्षकमा आफ्नो वत्तृत्वकला प्रस्तुत गरेका थिए । कार्यक्रममा अतिथिहरुको मन्तव्य भन्दापनि विद्यार्थीहरुको बढीभन्दा बढी प्रस्तुती राखिएको थियो । विद्यालयका प्रबन्ध निर्देशक कलेन्द्र शाहीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य धर्मराज पाठक रहेका थिए । त्यस्तै विशिष्ट अतिथिमा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.टि.एन.जोशी,प्याब्सनका पूर्व केन्द्रिय सदस्य रामजी हमाल लगायत दर्जनौं अतिथिहरुको उपस्थिति रहेको थियो ।
प्रदेश सभा सदस्य पाठकले छोटो समयमै विद्यालयले गरेको प्रगति लोभलाग्दो रहेको बताए । उनले राज्य निजी क्षेत्रलाई सहयोग नगरी अगाडी बढ्न नसक्ने भन्दै अब राज्यले निजीक्षेत्रलाइ हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने बताएका छन । विद्यालयले विद्यार्थीहरुको सर्वागिण विकासका लागि गरेको प्रयास राम्रो रहेको भन्दै आगामी दिनमा विद्यालय अझ उत्कृष्ट हुनेमा आफू विश्वस्त रहेको बताएका छन । वार्षिकोत्सव तथा अभिभावक दिवसमा विद्यालयका सहायक प्राचार्य हरिषचन्द शाहीले विद्यालयको आयव्यय विवरण तथा आगामी योजना प्रस्तुत गरेका थिए ।
वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा समाजको विभिन्न क्षेत्रमा योगादान पुर्याएको भन्दै कैलाली बहुमुखी क्याम्पसका उपप्राध्यापक सिताराम भट्ट,सहारा घर बौनियाका संस्थापक बल बहादुर बिष्ट,सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.टि.एन.जोशी,सेती प्रादेशिक अस्पतालमा कार्यरत वरिष्ठ नवजात शिशु रोग विशेषज्ञ डा.प्रदिप मिश्र लगायतलाई सम्मान गरिएको छ । त्यस्तै उत्कृष्ट विद्यार्थी र कर्मचारीलाई पनि उक्त वार्षिकोत्सव तथा अभिभावक दिवसमा सम्मान गरिएको हो । विद्यालयले अर्को नौलो अभ्यास आमन्त्रित पाहुनाहरुलाई मायाको चिनोको उपहार स्वरुप पुस्तक प्रदान गरिएको थियो । जो पछिल्लो समय पठन संस्कृति साँघुरिरहेका बेला सहृयानिय काम छ । कार्यक्रमको सञ्चालन शिक्षक विरेन्द्र वडले गरेका थिए ।
२०७५ सालमा १७ जना विद्यार्थी र ४ जना शिक्षक कर्मचारीबाट सुरु भएको स्कुलमा हाल ५२२ जना विद्यार्थी र ३२ जना शिक्षक कर्मचारीहरु कार्यरत रहेका छन् स्थापनाको छोटो समयमै विद्यालयले धनगढीमा आफूलाई परिचित गराइसकेको छ । धनगढी उपमहानगरबाट उत्कृष्ट संस्थागत विद्यालय घोषित हुँदै नगद रु ५ लाखबाट पुरस्तृत भैसकेको र धनगढी क्षेत्रका अधिकांश सांस्कृतिक कार्यक्रममा सहभागी हुँदै आएको विद्यालयले कुनै न कुनै स्थान ल्याउँदै आएको छ ।