पौष १५,धनगढी : धनगढीमा सम्पन्न ‘नवौं वृहत राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव २०८१’ आयोजना गरिएका विभिन्न प्रतियोगीताको अन्तिम नतिजा सार्वजनिक भएको छ । वक्तृत्वकला प्रतियोगिता आधारभुत तह तर्फ ऐश्वर्य विद्या निकेतनकी साक्षी भट्ट पहिलो भईन् । उनले नगद १५ हजार सहित प्रमाणपत्र पनि प्राप्त गरिन । त्यस्त्ै राईजिङ स्टार बोर्डिङ स्कुलकी तृप्ती सिंह दोस्रो र ग्यालेक्सी सेकेन्डरी स्कुलका वैभव बिष्ट तेस्रो भए । सिंह र बिस्टले क्रमश दश र पाँच हजार प्राप्त गरे । वक्तृत्वकला प्रतियोगिता माध्यमिक तह तर्फफारवेष्ट बोर्डिङ स्कुलका प्रज्वल भट्ट प्रथम भए । वात्यल्य विद्या निकेतनकी सान्त्वना पोखरेल दोस्रो हुँदा कुमुदिनी आदर्श विद्या निकेतनका नरेन्द्र आचार्य तेस्रो भए ।
कविता प्रतियोगिता आधारभुत तहतर्फ माईलस्टोन बोर्डिङ स्कुलका छात्र शिशिर ओझा प्रथम भए । ग्ली एकेडेमी धनगढीकी छात्रा आयुषा कटुवाल दोस्रो हुँदा मालाखेती भिजन स्कुलकी छात्रा दिक्षा जोशी तेस्रो भईन् ।
विद्यालय स्तरीय कविता प्रतियोगिता माध्यमिक तहतर्फ एरिष्टो बोर्डिङ स्कुलका छात्र गौरव उपाध्याय प्रथम भए ,गौरवले नगद १५ हजार सहित प्रमाणपत्र पनि प्राप्त गरे ।भने एक्सिस विद्याश्रमका छात्र करन सिंह धामी दोस्रो भए । त्यस्तै एयाईन्स ईन्टरनेशनल स्कुलका दिनेश फराडा र चैतन्य पाठशालाकी जेनी चौधरी संयुक्त रुपमा तेस्रो भईन् । आधारभुत तह र माध्यमिक तहतर्फ प्रथम,दृतिय र तृतिय स्थान हाँसिलकर्ताले क्रमशःप्रन्ध्र,दश र पाँच हजार र प्रमाणपत्र प्राप्त गरे ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीको आयोजनामा यहि पौष ९ गतेदेखि सञ्चालनमा आएको ‘नवौं वृहत राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव सोमबार अध्यक्ष भीम पडालको सभापतित्वमा तथा प्रदेश सभा सदस्य प्रकाश देउवाको प्रमुख आतिथ्यतामा समापन भएको हो ।