You are currently viewing धनगढीको शैलेश्वरी बोर्डिङ स्कुलमा रेबिज रोग सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न

धनगढीको शैलेश्वरी बोर्डिङ स्कुलमा रेबिज रोग सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न

असोज ७ ,धनगढी
धनगढी उपमहानगरपालिका ५ जाइँमा रहेको शैलेश्वरी इंग्लिस बोर्डिङ्ग स्कुलमा रेबिज रोग सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । सोमबार जिल्ला पशु कार्यालय कैलालीका प्रमुख पशु चिकित्सक हेमराज अवस्थीले विद्यार्थीहरुलाई पछिल्लो समय बढ्दो रेबिज रोगबारे सावधानी,स्वास्थ्यमा पार्ने असर र यसबारे बच्ने उपाय सम्बन्धित जानकारी गराएका हुन । आजबाट शुरूवात गरेपनि जिल्लाका अरु सामुदायिक तथा संस्थागत विद्यालयमा पनि रेबिज रोग सम्बन्धित सचेतना कार्यक्रम आयोजना गरिने कार्यालय प्रमुख पशु चिकित्सक अवस्थिले जानकारी गराए ।


शैलेश्वरी इंग्लिस बोर्डिङ्ग स्कुलका संस्थापक एवं प्राचार्य जगन्नाथ जोराले विद्यार्थीहरुलाई कोरा किताबी ज्ञान पढाएर मात्रै नहुने भन्दै उनीहरूलाई बढिभन्दा बढी बाहिरी ज्ञान दिन जरुरी रहेको भन्दै विद्यालय प्रशासन यसबारे गम्भीर भएर लागिरहेको बताए । उनले आगामी दिनमा विद्यार्थीलाई आवश्यक पर्ने सबै किसिमका सचेतनामुलक कार्यक्रम गर्न विद्यालय प्रशासन तयार रहेको बताए ।


गए भाद्रमा मात्रै शैलेश्वरी इंग्लिस बोर्डिङ्ग स्कुलले धनगढीको सुदृस्टी आँखा उपचार केन्द्रसँग सहकार्य गर्दै विद्यालयमा रहेका कक्षा नर्सरीदेखि कक्षा १० सम्मका सबै विद्यार्थीको निशुल्क आँखा जाँच कार्यक्रम सम्पन्न गरेको थियो ।

 


धनगढीमा लामो समयदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आफ्नो विशिष्ट पहिचान बनाएको शैलेश्वरी इङलिस बोर्डिङ स्कुलले सामाजिक उत्तरदायित्व अन्तर्गत थुप्रै सृजनशिल कार्य समेत गर्दै आएको छ । उर्जाशिल युवा जगन्नाथ जोराले शैलेश्वरी इंग्लिस बोर्डिङ्ग स्कुलको नेतृत्व सम्हालेदेखि विद्यालय अझ व्यवस्थित बन्दै गैरहेको छ ।

Leave a Reply