पौष २९,धनगढी: धनगढी उपमहानगरपालिकाद्वारा हरेक शनिबार आयोजना गर्ने महिला उद्यमी सनिबारीया बजारमा विद्यार्थीहरुले पनि स्टल राख्न सुरु गरेका छन । सैद्धान्तिक भन्दा व्यवहारिक ज्ञानमा बढी जोड दिइरहेको धनगढी उपमहानगरपािलका वडा न ४ तारानगरमा रहेको एक्सिस विद्याश्रमका विद्यार्थीहरुले स्टल राखेर खाजाका परिकार तयार पार्ने र बिक्रि गर्ने गरेका छन् ।
खाजा बिक्रीबाट आएको रकम सामाजिक कार्यमा लगाउने मेलामा सहभागी विद्यार्थीहरुले बताएका छन । स्टलमा उपमहानगरपािलकाकी उपप्रमुख कन्दकला रानाले अवलोकन गर्दै विद्याथीहरुलाई हौसला समेत दिइरहेकी छन ।
विद्यार्थीहरुको व्यवसायिक क्षमता विकास गर्ने तथा व्यवसायप्रति रुची जगाउनले उद्देश्यले स्टल राखिएको एक्सिस विद्याश्रम प्लस टु संयोजक घन्श्याम मलासीले जनाएका छन । कक्षा ११ र १२ मा व्वस्थापन संकाय अध्ययनरत छात्राहरुको समूह शनिबारे मेलामा उत्साहका साथ सहभागी भैरहेको मलासीले बताए ।