धनगढीमा चौथो संस्करणको अन्तर विद्यालय सिसिएस प्लस टु फुटबल प्रतियोगीता सुरु भएको छ । धनगढी ४ रातो पुलमा रहेको सिसिएस प्लस टुको आयोजनामा सुरु भएको उक्त अन्तर विद्यालय फुटबल प्रतियोगीताको बुधबार धनगढी रंगशालामा सुदूरपश्चिम खेलकुद परिषदका सदस्य सचिव लोक बहादुर खड्काले समुद्घाटन गरेका हुन ।

२०७८ सालबाट सुरु गरिएको प्रतियोगीताको चौथो संस्करणमा कैलाली र कञ्चनपुरका गरी २२ टोली सहभागी रहेको प्रतियोगीता संयोजक सागर साउँदले जानकारी दिए ।

प्रतियोगीताको विजेता टोलीले नगद ९१,००० ट्रपी र उपविजेता टोलीले नगद ५१,००० र ट्रपी प्राप्त गर्ने संयोजक साउँदले बताए । आजबाट सुरु भएको प्रतियोगीता माघ २८ गते समापन हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?