You are currently viewing धनगढीमा आजबाट ३ दिने भुवा उत्सव कार्यक्रम,प्रतियोगीता पनि गराइने /@Bhuwaparwa

धनगढीमा आजबाट ३ दिने भुवा उत्सव कार्यक्रम,प्रतियोगीता पनि गराइने /@Bhuwaparwa

पौष १५,धनगढी : कैलालीको धनगढीमा तीन दिनसम्म भुवना पर्व मनाइने भएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका–१ खुल्ला मञ्चमा सोमवारदेखि तीन दिन पर्व मनाइने भएको हो। बाजुरेली सेवा समाज, धनगढीले आइतवार पत्रकार सम्मेलनको आयोजना गर्दै तीन दिनसम्म भुवा पर्व उत्सवका साथ मनाउने जानकारी गराएको छ । धनगढीको खुल्ला मञ्चमा हुने भुवा पर्वको अवसरमा प्रतियोगितासमेत हुने भएको छ।

सुदूरपश्चिमका तराइका जिल्लामा बसोबास गर्दै आएका बाजुरा तथा बझाङका नागरिकहरूका पाँच वटा समूहको बिचमा प्रतिस्पर्धा गरिने भएको हो। प्रतिस्पर्धामा सहभागी हुने समूहले नगद तथा प्रमाणपत्र पाउने छन्। पछिल्लो केहिवर्ष यतादेखि बाजुरेली सेवा समाज, धनगढीले विभिन्न कार्यक्रम गर्दै भुवा पर्वलाई विशेष तरीकाले मनाउँदै आएको छ ।

Leave a Reply