धनगढीमा आन्दोलन चर्किँदै, पार्टी कार्यालयमा आगजनी

२४ भाद्र,२०८२ः जेन्जी आन्दोलन चर्किएसँगै धनगढीमा प्रदर्शनकारीले प्रमुख दलका पार्टी कार्यालयमा श्रृंखलाबद्ध आगजनी गरेका छन्।
सोमबार दिउँसो प्रदर्शनकारीहरूले धनगढी–५ सत्कारचोकस्थित माओवादी पार्टी कार्यालयमा आगो लगाएका छन्। कैलाली जिल्ला कार्यालय र प्रदेश कार्यालयमा रहेका सम्पूर्ण सामग्री जलेका छन्। माओवादीले कार्यालयबाट ब्यानर हटाए पनि प्रदर्शनकारीहरूले कार्यालय पहिचान गरी आगजनी गरेका छन्।

यसअघि आन्दोलनकारीहरूले एमाले र नेपाली काँग्रेसका पार्टी कार्यालयमा समेत आगजनी गरेका थिए। त्यसपछि माओवादी कार्यालय पनि लक्ष्य बनाइएको हो। आन्दोलन चर्किँदै गएपछि धनगढीमा सुरक्षा अवस्था थप संवेदनशील बनेको छ। प्रहरीले स्थिति नियन्त्रणमा लिन सतर्कता बढाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top