You are currently viewing धनगढीमा खुल्यो खेल बजारमा,खेलकुद परिषद सदस्य सचिव खड्काद्वारा उद्घाटन

धनगढीमा खुल्यो खेल बजारमा,खेलकुद परिषद सदस्य सचिव खड्काद्वारा उद्घाटन

१० भाद्र २०८२ : धनगढीमा अब एकै छानामुनी सम्पूर्ण खेलकुद सामाग्री पाइने भएको छ । धनगढी उपमहानगरपालिका–४, उत्तरबेहडीस्थित ‘खेल बजार’ मा ‘खेलका हरेक कुरा, खेल बजारमा पुरा’ भन्ने मूल नाराका साथ सञ्चालनमा ल्याइएको हो ।

खेल बजारको सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् सदस्य सचिव लोकबहादुर खड्का (रवि) ले उद्घाटन गर्नुभयो । खेल बजारको उद्घाटन गर्दै सदस्य सचिव लोकबहादुर खड्काले खेल बजारको माध्यमबाट खेलाडीहरुले गुणस्तरीय र सस्तो मूल्यमा खेल सामाग्री पाउने विश्वास व्यक्त गर्नुभयो । अब खेलाडीहरुलाई खेल सामाग्री खरिदका लागि भारत लगायतको ठाउँमा जान नपर्ने उहाँले बताउनुभयो ।

खेलसँग सम्बन्धित सबै किसिमका खेल्ने र खेल खेल्दा लगाउने सामाग्री एकै स्थानमा उपलब्ध गराउने उद्देश्यले खेल बजार सञ्चालनमा ल्याइएको सञ्चालक गणेश प्रसाद पाठकले बताउनुभयो । उहाँले तीन जना युवा मिलेर ६० लाख रुपैयाँको लागतमा खेल बजार सञ्चालनमा ल्याएको बताउनुभयो ।

खेल बजारका सञ्चालक सन्तोष भट्टले सबै खेल र सबै खेलमा लगाउने गुणस्तरीय सामाग्री एउटै छानामुनि पाइने बताउनुभयो । खेलासँग सम्बन्धित सबैखाले सामाग्री एउटै छाना मुनी पाइने भएपछि ग्राहकहरूको समयको बचतका साथै सामान खोज्न चारैतिर भौतारिनुपर्ने झण्झटबाट धनगढीबासीलाई खेल बजारले मुक्त गरिदिएको भट्टले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply