२७भाद्र,धनगढीः कैलालीसहित सुदूरपश्चिम प्रदेशमा जनजीवन क्रमशः सामान्य हुँदै गएको छ। अघिल्लो दिनको तुलनामा आज बिहान सडकमा सवारी साधनको संख्या बढी देखिएको छ।
नेपाली सेनाले दिउँसोको समयमा कफ्र्यु खुकुलो बनाउँदै बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मात्रै निषेधाज्ञा जारी गरेको छ। यसअघि जेनजी युवाहरूको हिंसात्मक प्रदर्शनपछि सरकारले २४ भदौ राति १० बजेदेखि सुरक्षा कमाण्ड सेनालाई हस्तान्तरण गरेको थियो।

सेनाले जनाएअनुसार आज बेलुकी ७ बजेदेखि भदौ २८ गते बिहान ६ बजेसम्म मात्र कफ्र्यु लाग्नेछ। सरल भाषामा, निषेधाज्ञा मानिसहरूको भिडभाड नियन्त्रण गर्न हो भने कफ्र्यु आवतजावत पूर्णरूपमा रोक्ने कडा आदेश हो। निषेधाज्ञा र कफ्र्यु खुकुलो भएपछि धनगढी लगायत सुदूरपश्चिम प्रदेशमा सामान्य गतिविधि क्रमशः फेरि सुरु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?