You are currently viewing धनगढीमा भोलीदेखि टाटाको ‘माघी एक्सचेन्ज उत्सव’, पुराना गाडीसँगै मोटरसाइकल पनि एक्सचेन्ज गरिने

धनगढीमा भोलीदेखि टाटाको ‘माघी एक्सचेन्ज उत्सव’, पुराना गाडीसँगै मोटरसाइकल पनि एक्सचेन्ज गरिने

धनगढी : नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले माघी पर्वको अवसरमा ‘माघी एक्सचेन्ज उत्सव’ सञ्चालन गर्ने भएको छ। बुधबार सुदूरपश्चिम प्रदेशका लागि टाटा मोटर्सको आधिकारिक वितरक जीएआरएस ट्रेडिङ कन्सर्न, बोराडाडी धनगढीमा आयोजित पत्रकार सम्मेलनमार्फत कम्पनीले माघी एक्सचेन्ज उत्सव माघ १ गतेदेखि माघ ३ गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो।

पत्रकार सम्मेलनमा बोल्दै सिप्रदी ट्रेडिङ प्रालिका सहायक प्रबन्धक कपिलदेव बोगटीले एक्सचेन्ज उत्सव अन्तर्गत जुनसुकै ब्रान्डका पुराना गाडी साटेर टाटाका अत्याधुनिक प्रविधियुक्त र नेपालमा सर्वाधिक रुचाइएका टियागो ईभी, पन्च ईभी, नेक्सन के–३ ईभी र कर्भ ईभी खरिद गर्न सकिने बताए। एक्सचेन्ज खरिद तथा नयाँ गाडी बुकिङ गर्दा खरिदकर्ताले आकर्षक एक्सचेन्ज बोनस, नि:शुल्क होम चार्जिङ जडान, आजिववन निशुल्क DC फास्ट चार्जिङ, नि: शुल्क वार्षिक सवारी कर, नि:शुल्क एसेसरीज सहितका अफर पाउने कम्पनीले जनाएको छ ।

यस्तै, केभी मोटर्स एण्ड रिकण्डिसन धनगढीका सञ्चालक बिक्रम ऐरका अनुसार गाडीसँगै मोटरसाइकल पनि एक्सचेन्ज गर्न सकिने व्यवस्था गरिएको छ। माघ ३ गतेसम्म सञ्चालन हुने यस उत्सवमा जीएआरएस ट्रेडिङ कन्सर्न, बोराडाडीमा टाटा मोटर्सका ईभी गाडीसम्बन्धी विशेष स्टल समेत रहने जीएआरएस ट्रेडिङ कन्सर्नका प्रबन्ध निर्देशक अशोक पाण्डेयले जानकारी दिए।उत्सव अवधिमा नयाँ गाडी खरिद गर्ने ग्राहकका लागि केही विशेष उपहारहरू समेत राखिएको कम्पनीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply