You are currently viewing धनगढीमा माघ १९ गतेदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने /@ArjunTropy

धनगढीमा माघ १९ गतेदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने /@ArjunTropy

माघ ३,धनगढी : क्रिकेटको शहर धनगढीमा अर्जुन ट्रफीराष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । गो ड्रिमर्सको आयोजनामा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुन लागेको हो । आज धनगढीको धनगढी क्रिकेट एकेडेमीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिईएको हो । यस बर्षदेखि नेपाल क्रिकेट संघको बार्षिक क्यालेण्डरमा समावेश भएर प्रतियोगिता आयोजना गर्न लागेको गो ड्रिमर्सका अध्यक्ष सुवाश शाहीले जानकारी दिए । उनकाअनुसार प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

‘प्रतियोगिताका खेलहरु खेल्नका लागि फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा चार वटा पिच निर्माण सम्पन्न भईसकेका छन् । मैदानमा दर्शकहरुलाई बस्नका लागि कृत्रिम प्याराफिट पनि जडान गरिसकिएको छ ।’ अध्यक्षशाहीले भने–‘प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म तयारी ९० प्रतिशत सकिएको छ । सामान्य तयारीहरु अबको केहीदिनमा सम्पन्न गरेर प्रतियोगिताको प्रतिक्षामा रहने छौं ।’

विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाखप्राप्त गर्ने

धनगढी र सुदुरपश्चिम प्रदेशको क्रिकेटका सारथी रहेका स्वर्गीय अर्जुन खड्काको स्मृतिमा आयोजना गर्न लागेको अर्जुन ट्रफीमा झण्डै २० लाख नगद पुरस्कार प्रदान गरिनेछ । रनिङ ट्रफीको रुपमा टी–२० फरम्याट प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफी पाउनेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाखप्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०/ ५० हजार पाउनेछन् । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ । लिगकम नकआउटका आधारमा आयोजना हुने प्रतियोगिताका सम्पुर्ण खेलहरु धनगढी स्थित फाप्लाअन्तराष्ट्रिय क्रिकेट मैदानमा आयोजना गरिनेछन् ।

 देशभरका ८ वटा क्लबका टीमहरुले सहभागीता जनाउने
प्रतियोगितामा देशभरका ८ वटा क्लबका टीमहरुको सहभागीता रहनेछ । प्रतियोगितामाडिसिए धनगढी, सिवाईसी अत्तरिया, क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी) काठमाण्डौं, फेण्ड्स युथक्लब डडेल्धुरा, घोडाघोडी–११ सुख्खड, न्यु होराईजन वुटवल, दशरथ चन्द एकेडेमी बैतडी र वोष्टन क्रिकेट झापाको सहभागीताजनाउनेछन् । प्रतियोगितामा सहभागी टोलीमा ए क्याटोगोरीका चार जना, बी क्याटोगोरीकापाँचजना र बाँकी सी क्याटोगोरीका गरी १४ खेलाडी समावेश गर्न पाईनेछ । ए क्याटोगोरीमा नेपाली राष्ट्रिय टीमका खेलाडी रहेका छन् भने बी क्याटोगोरीमा नेपाली राष्ट्रिय टीम ए, यु– १९ नेपाली राष्ट्रिय टोली र प्रदेश स्तरीय सिनियर खेलाडी रहेका छन् । सी क्याटोगोरीमा यु– १६ नेपाली राष्ट्रिय टोली, प्रदेशका यु–१९ र यु–१६ का खेलाडी र अन्य खेलाडीहरु रहेका छन् । गो ड्रिमर्सका अध्यक्ष सुवाशशाहीको नेतृत्वमाक्रिकेटको शहर धनगढीमा नेपालमाअक्सनको सुरुवातहुदैं धनगढी प्रिमियर लिग (डिपिएल) को आरम्भ गरिएको थियो । नेपाली क्रिकेटको विकासमा कोसेढुंगा सावित भएका धनगढी क्रिकेट लिग, एसपिए कप लगायतका प्रतियोगिताहरु पनि उनकै नेतृत्वमा सफल आयोजना भएको थियो । शाहीले धनगढीको फाप्ला क्रिकेट मैदानलाई अन्तराष्ट्रिय स्तरसम्म चिनाउन ड्रिम फाप्लाको अभियानदेखि हाल धनगढीमा ग्रासरुटक्रिकेट कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

सुदूरपश्चिमप्रदेशकामुख्यमन्त्रीकमलवहादुर शाहद्धारा ट्रफी अनावरण
गो ड्रिमर्सको आयोजनामा आगामी माघ १९ गतेदेखि २८ गतेसम्म धनगढीमा आयोजनाहुने अर्जुन ट्रफीराष्ट्रियक्रिकेट प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ । आज धनगढीमा पत्रकार सम्मेलनको आयोजनागर्दै आयोजकले ट्रफी अनावरण गरेको हो । सुदुरपश्चिमप्रदेशका मुख्यमन्त्री कमलवहादुर शाहले ट्रफी अनावरण गरे । धनगढी क्रिकेट एकेडेमीमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले ट्रफी अनावरण गरेका हुन् । सो अवसरमा बोल्दै मुख्यमन्त्री शाहलेअर्जुन ट्रफी जस्ता प्रतियोगिताले क्रिकेटको समग्र विकासमा टेवापुग्ने र क्रिकेटमा लागेका तमाम शुभच्छुकहरु लाई हौसलामिल्ने बताए ।

मुख्यमन्त्रीशाहले प्रतियोगिताको सफलताको शुभकामनाव्यक्तगर्दै भने, ‘यो आयोजनका लागिआयोजकलाई धन्यवाद । प्रदेश सरकार आफ्नो तर्फबाट सहयोग समर्थन गर्न सदैव तयार रहेको छ । आम क्रिकेट प्रेमीजनमानसमा बढी भन्दा बढी सहभागिता र सहयोगकालागि आह्वानगर्दछु ।’

सुदूरपश्चिमको क्रिकेट विकासका योद्धा, अर्जुन खड्का
सुदूरपश्चिमको क्रिकेट विकासका योद्धाको रुपमा रहेका अर्जुन खड्कासुदूरपश्चिमको क्रिकेट विकासमा लामो समयदेखि सक्रिय थिए।आफ्नो जीवनको करिव ३० वर्ष क्रिकेटमा बिताएका अर्जुनको विसं २०७२ मा ४५ वर्षको उमेरमा निधन भएको थियो ।एकताकाविश्वक्रिकेट जगतका मास्टर ब्लास्टर सचिन तेन्दुलकर र उनी सँगै क्रिकेट खेल्थे। बाल्यकालदेखिको दोस्ती थियो दुवैबीच तर समयले कोल्टे फेरेपछि सचिनले क्रिकेट जगत्मा दुर्लभ इतिहास रचे तर खड्काले कैलालीको क्रिकेटमा रम्दै यही जीवन समर्पण गरेर अस्ताए । उनले १० बर्षसम्म धनगढी कभर्डहलमा क्रिकेट खेलाडीलाई प्रशिक्षण गराएका थिएभने पछिल्ला ५ बर्ष धनगढी क्रिकेट एकेडेमीको मुख्यप्रशिक्षक रहेका थिए ।

मुम्बईमा रहँदा खड्काले सचिनसँगै भारतका चर्चित क्रिकेटर विनोद काम्बली, अजितअगारकर, रमेश पवार, पारस माहकेसँगै एकै टिमबाट क्रिकेट खेलेका थिए।१५वर्षको उमेरदेखि क्रिकेटमा होमिएकाउनले १७वर्षसम्म भारतमै क्लबक्रिकेट खेले। मुम्वईको एक बैंकमा उनका वुवा काम गर्थे । त्यैंकमाईबाट उनका वुवाले धनगढीमा घरघडेरी जोडेका थिए । उनी १८ बर्षको उमेरमा क्रिकेटको नशाले परिवार छोडेर नेपाल फर्किए । अरूको देशमा केहीहुँदैन भनेर धनगढी हानिएका खड्काले त्यो बेला सोचे जस्तो थिएन नेपालको क्रिकेट । न लोकप्रियथियो न त कोही खेल्थे नै । तर उनी आएपछि सुदूरपश्चिम र कैलाली क्रिकेटको विकासले तीव्र गतिलियो । मुम्बईको अनुभव साटासाट गर्दै उनले धेरै अन्तर्राष्ट्रिय खेलाडी जन्माएपनि । प्रेम चौधरीदेखि अहिलेको नेपालीक्रिकेट टीममा तहल्कामच्चाईरहेका प्रायः धनगढीका खेलाडीहरु उनकै उत्पादनहरु हुन् ।जीवनका घुम्तीहरुमा बाँचुन्जेल अर्जुन खड्काले कहिल्यैं ब्याट र बलमाहात छोडेन्न । जीवनभर क्रिकेटसंग जोडिएर नै रहें । त्यही भएर सुदुरपश्चिमको क्रिकेटमा उनी जीवन्त बाँचेका छन ।

 

Leave a Reply