You are currently viewing धनगढीमा शेरबहादुर देउवाको स्वागतमा लगाइएको झन्डा आन्दोलनरत विद्यार्थीले हटाइदिएपछि….( भिडियोसहित )

धनगढीमा शेरबहादुर देउवाको स्वागतमा लगाइएको झन्डा आन्दोलनरत विद्यार्थीले हटाइदिएपछि….( भिडियोसहित )

फाल्गुन २५,धनगढी : धनगढीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वागतमा लगाइएको झन्डा आन्दोलनरत विद्यार्थीले हटाएका छन् । भोलिदेखि सुरू हुने नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशनको उदघाटन गर्न कांग्रेस सभापति देउवासहितका नेताहरू धनगढी आउने भएपछि नेविसंघका विद्यार्थीहरुले देउवाको स्वागतका लागि सडक क्षेत्रमा पार्टीका झण्डा राखेका थिए ।

 

तर प्रदेश सरकारले ल्याउन लागेको सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन, सञ्चालन र सेवा शर्त सम्बन्धी ऐनको विरोधमा आन्दोलनरत विद्यार्थीले ती झन्डा हटाएका हुन् ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि प्रदर्शनमा उत्रिएका उनीहरूले सडकमा लगाइएका झन्डा हटाइदिएका हुन् ।

उनीहरूले झन्डा हटाउँदा नेविसंघका विद्यार्थीले विरोध गरेका थिए । त्यसक्रममा केहीबेर सडक अवरुद्ध भएको थियो । आजै सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली धनगढी आउने कार्यक्रम छ त्यसकारण पनि धनगढीको आज बिहानैदेखि सुरुक्षा सतर्कता बढाइएको छ ।

Watch Video :

Leave a Reply