You are currently viewing धनगढी उपमहानगरपालिकाका १२ वटा वडामा विद्युत सुदृढीकरणको काम

धनगढी उपमहानगरपालिकाका १२ वटा वडामा विद्युत सुदृढीकरणको काम

२७ श्रावण,२०८२ः धनगढी उपमहानगरपालिकाका १२ वटा वडामा विद्युतीकरण सुदृढीकरणका काम हुने भएको छ।
नेपाल विद्युत प्राधिकरण र उपमहानगरपालिकाको पचास–पचास प्रतिशत लागत साझेदारीमा सो काम सुरु गर्न लागिएको हो। यसअन्तर्गत पोल थप्ने, ट्रान्सफर्मर जडान गर्ने, फेज विस्तार गर्ने र केबल परिवर्तन गर्ने काम गरिने उपमहानगरपालिकाले जनाएको छ। उपमहानगरपालिका विद्युत शाखा प्रमुख किसनकुमार शाहका अनुसार चालु आर्थिक वर्षमा वडाहरूले विनियोजन गरेको बजेट बराबरको रकम उपमहानगरले थप गरी विद्युत प्राधिकरणको खातामा ७३ लाख ९० हजार रुपैयाँ जम्मा गरिएको छ।


धनगढीका १९ वडामध्ये यस वर्ष वडा नम्बर १, २, ५, ७, १०, ११, १२, १३, १४, १५, १८ र १९ ले विद्युतीकरणका लागि बजेट छुट्याएका छन्। यी वडाहरूले ३६ लाख ९५ हजार रुपैयाँ विनियोजन गरेकोमा उपमहानगरले पनि सोही बराबरको रकम थपेको हो। विद्युत प्राधिकरणले पनि ७३ लाख ९० हजार रुपैयाँ बराबरको बजेट छुट्याएर पोल खरिद तथा जडान, लाइन विस्तार र व्यवस्थापन गर्नेछ। यसरी कुल एक करोड ४७ लाख ८० हजार रुपैयाँको लागत साझेदारीमा १२ वडामा विद्युतीकरण सुदृढीकरण हुने इन्जिनियर शाहले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply