२४ भाद्र,२०८२ः जेन्जी आन्दोलनको क्रममा घाइते भएका नागरिकहरूको उपचारको जिम्मेवारी धनगढी उपमहानगरपालिकाले लिने भएको छ। उपमहानगरले काठमाडौंसहित देशका विभिन्न स्थानमा आन्दोलनमा घाइते भएका धनगढीका स्थानीय नागरिकहरूलाई निःशुल्क उपचार उपलब्ध गराउने जनाएको छ।

नगर प्रमुख गोपाल हमालले, “धनगढीका नागरिकको स्वास्थ्य र सुरक्षा स्थानीय सरकारको दायित्व हो। आन्दोलनमा घाइते भएका नगरवासीको उपचार उपयुक्त रूपमा गरिने”, बताएका छन्। यो कदमले स्थानीय प्रशासनको सामाजिक उत्तरदायित्व र स्वास्थ्य सुरक्षा सुनिश्चित गर्ने प्रतिबद्धता प्रष्ट रूपमा देखाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?