You are currently viewing धनगढी उपमहानगरपालिकाद्वारा एसइइमा शत प्रतिशत नतिजा ल्याउने ७ विद्यालय सहित धनगढीका ४६ वटा संस्थागत विद्यालयलाई सम्मान

धनगढी उपमहानगरपालिकाद्वारा एसइइमा शत प्रतिशत नतिजा ल्याउने ७ विद्यालय सहित धनगढीका ४६ वटा संस्थागत विद्यालयलाई सम्मान

२७ असार,२०८२ : २०८१ को एसईईको नतिजामा सुधार गरेको भन्दै धनगढी उपमहानगरपालिकाले संस्थागत विद्यालयहरूलाई सम्मान गरेको छ। नगरपालिकामा बिहीबार एक औपचारिक कार्यक्रम राखेर नगरका ४६ वटा संस्थागत विद्यालयहरूलाई सम्मान गरेको हो ।

उप– प्रमुख कन्दकला कुमारी रानाले बताइन्। धनगढी उपमहानगरपालिकाकी नगर उप–प्रमुख कन्दकला कुमारी रानाले उत्कृष्ट नतिजा ल्याउन सफल विद्यालयहरूलाई बधाई तथा शुभकामना दिएकी छन्। “शैक्षिक उपलब्धि महत्त्वपूर्ण विकासको सूचक हो। मेहनत गरी प्रतिस्पर्धाको माध्यमबाट उत्कृष्टता हासिल गर्नुभएकोमा सबै विद्यालयलाई शुभकामना छ,“ उनले भनिन्।संस्थागत तर्फ सात विद्यालयको शत प्रतिशत नतिजा धनगढीका ४६ संस्थागत विद्यालय २०८१ को एसईईमा सहभागी भएका थिए। सम्मान कार्यक्रममा संस्थागत विद्यालयका सबै प्रिन्सिपलहरुको उपस्थित रहेको थियो ।

परीक्षामा सात संस्थागत विद्यालयबाट शत प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। धनगढी–८ क्याम्पस रोडको थ्री स्टार्स अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालय, धनगढी–८ कान्तिपुर टोलको डिस्कभरी अङ्ग्रेजी आवासीय विद्यालय, धनगढी–४ उत्तरबेहडीको गुरूकूल एकेडेमी, धनगढी–१३ को किङ्गफिसर अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालय, धनगढी–५ हसनपुरको बाल्मीकि अङ्ग्रेजी माध्यमिक विद्यालय, धनगढी–३ विशालनगरको सिटी स्कुल र धनगढी–७ देवहरियाको साइपाल शिक्षा सदनले शतप्रतिशत नतिजा हाँसिल गरेका थिए ।

धनगढीका संस्थागत विद्यालयबाट २०८० को एसईईमा ६८ दशमलव ३७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए। २०८१ मा नतिजामा थप सुधार गर्दै ८७ दशमलव ४६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको उपमहानगरपालिकाले जनाएको छ। २०८१ को एसईईमा धनगढीका चार जना विद्यार्थीले ४ जिपिए ग्रेड हासिल गरेका छन्।

सामुदायिक विद्यालय तर्फ धनगढी–३ बोराडाँडीमा रहेको त्रिभ्वन माविका अशोक अवस्थीले ४ जिपिए ल्याएका हुन् भने संस्थागत तर्फ एरिष्टो माध्यमिक विद्यालयका गौरव उपाध्याय र प्रदिप गिरी तथा धनगढी–२ बैयाँबेहडीको जेसिस एभरेष्ट माध्यमिक विद्यालयका छात्र जस्टिन चन्दले ४ जिपिए हाँसिल गरेका हुन्। धनगढी उपमहानगरपालिकाले पछिल्ला केहि वर्षयता आफ्नो स्थापना दिवसको अवसरमा कक्षा आठ,दश र १२ मा उत्कृष्ट नतिजा हाँसिल गर्न सफल विद्यालयलाई नगद सहित पुरस्कृत समेत गर्दै आएको छ ।

तस्वीर : उपप्रमुख कन्दकला कुमारी रानाको सचिवालय

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply