You are currently viewing धनगढी जेसीजको अध्यक्षमा लोकराज भट्ट / @DhangadhiJaycees2024

धनगढी जेसीजको अध्यक्षमा लोकराज भट्ट / @DhangadhiJaycees2024

धनगढी,२४ मंसीर :धनगढी जेसीज वर्ष २०२५ का लागि नयाँ नेतृत्व चयन भएको छ । ४२औं अधिवेशनबाट लोकराज भट्टको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।युवा व्यवसायी भट्टधनगढी जेसीज वर्ष २०२५ का लागि निर्विरोध निर्वाचित भएका हुन् ।

जेसीजको कार्यकारी उपाध्यक्षमा दीपक गौतम र यज्ञराज जोशी, उपाध्यक्षमा सन्तोष पन्त, चेतराज पाण्डेय, कमल बम र केशव अवस्थी चयन भएका छन ।यस्तै कानुनी सल्लाहकारमा हरि जोशी, महासचिवमा आशिष शाह र कोषाध्यक्षमा महेश्वर ओझा चयन भएका छन । सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन भएको धनगढी जेसीज वर्ष २०२४ का अध्यक्ष अरुण सिंहले बताए ।

Leave a Reply