You are currently viewing नयाँ शैक्षिक सत्रमा शैलेश्वरी बोर्डिङ स्कुलमा रेकर्ड ब्रेक भर्ना,अब जम्मा विद्यार्थी संख्या ११०० पुगे /@ShaileshworiEnglishBoardingSchool

नयाँ शैक्षिक सत्रमा शैलेश्वरी बोर्डिङ स्कुलमा रेकर्ड ब्रेक भर्ना,अब जम्मा विद्यार्थी संख्या ११०० पुगे /@ShaileshworiEnglishBoardingSchool

जेठ ९,धनगढी : धनगढी उपमहानगरपािलका वडा न ५ जाइँमा रहेको शैलेश्वरी बोर्डिङ स्कुलले नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेको छ । शुक्रबार विद्यालयको प्रांगणमा एक भव्य कार्यक्रम आयोजना गर्दै नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरिएको हो । यस वर्ष शैलेश्वरी बोर्डिङ स्कुलमा ३५५ जना नयाँ विद्यार्थी भर्ना भएको विद्यालयका संस्थापक प्रधानाध्यापक जगन्नाथ जोराले जानकारी दिए ।

प्रधानाध्यापक जोराका अनुसार विद्यालयमा कक्षा १ देखि ९ सम्म १६९ जना र पिजी देखि युकेजीसम्म १८६ जना विद्यार्थी नयाँ भर्ना भएका हुन । जोराले शैलेश्वरीमा अब जम्मा विद्यार्थी संख्या एघार सय पुगेको र साठी जना कर्मचारी कार्यरत रहेको पनि जानकारी गराएका छन । विद्यालयले प्रिप्राइमेरीका लागि अलग्गै र कक्षा १ देखि १० सम्म अलग्गै भवनमा पठनपाठन सुरु गरेको छ ।

उनले पछिल्लो एक दशकदेखि आफ्नो टिमले निरन्तर मिहिनेत गर्दा र गुणस्त्रीय नतिजा आउँदा अभिभावकहरुले विश्वास गर्न थालेको बताए । प्रधानाध्यापक जोराले शैलेश्वरीलाई विश्वास गरी भर्ना गर्नुभएका अभिभावकहरुलाई निराश नपार्ने भन्दै स्वागत कार्यक्रममा प्रतिबद्धता व्यक्त गरे । त्यस्तै प्रधानाध्यापक जगन्नाथ जोराले नयाँ शैक्षिक सत्रमा विद्यार्थीहरूको सर्वांगीण विकास र गुणस्तरीय शिक्षाका लागि विद्यालय प्रतिबद्ध रहेको बताए। उनले भने, “शिक्षा भनेको केवल किताबी ज्ञान मात्र नभई व्यवहार, कला, संस्कार र सिर्जनशीलताको समन्वय हो। हामी त्यसैको अभ्यास गर्दै आएका छौं।

कार्यक्रममा विद्यालय परिवारले नवआगन्तक सम्पूर्ण विद्यार्थीहरूलाई शिक्षाको यात्रामा सफलताको शुभकामना दिदै स्वागत पनि गरेको छ । स्वागत समारोहमा विद्यार्थीहरूले विभिन्न मौलिक प्रस्तुती सहित नृत्य, गीत, कविता वाचन, नाट्य प्रस्तुति गरेका थिए । स्वागत कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी,शिक्षक शिक्षिका,विद्यार्थी र अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

Leave a Reply