चैत्र २६,धनगढी: नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी यु-१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोट खेल्ने नेपाली टोली घोषणा गरेको छ। क्यानले मंगलबार नरेन भट्टको कप्तानीमा १४ सदस्सीय टोली घोषणा गरेको हो। प्रतियोगिता चैत ३० देखि वैशाख ८ (अप्रिल १२ देखि २१) सम्म नेपालमै हुँदैछ।
प्रतियोगितामा नेपालसहित अफगानिस्तान, हङकङ, ओमान र संयुक्त अरब इैमिरेट्स (युएई)ले सहभागिता जनाउने छन् । प्रारम्भिक टोलीमा रहेका अरविन्द घर्ती, अमर मिश्र, सोहेल कुँवर र नितेश पटेलले अन्ति टोलीमा स्थान बनाउन सकेनन् । नेपालले चैत ३१ मा युएईसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यसैगरी नेपालले बैशाख ३ मा हङकङ र ६ मा अफगानिस्तानको सामना गर्नेछ ।
नेपाली युवा टोली यसप्रकार छ : नरेन भट्ट ९कप्तान०, साहिल पटेल, दर्श सोनार, विपिनकुमार शर्मा, अभिषेक तिवारी ९उपकप्तान०, सिव्रिन श्रेष्ठ, दिलसद अली, दयानन्द मण्डल, युवराज खत्री, नीरजकुमार यादव, रोशनकुमार विश्वकर्मा, सन्तोषकुमार यादव, अपराजित पौडेल