You are currently viewing नरेन साउँदले डेब्यु खेलमै तहल्का मच्चाएपछि सुदूरपश्चिम रोयल्सको लागातार दोश्रो जीत /@NarenSaud /@SudurpaschimRoyals

नरेन साउँदले डेब्यु खेलमै तहल्का मच्चाएपछि सुदूरपश्चिम रोयल्सको लागातार दोश्रो जीत /@NarenSaud /@SudurpaschimRoyals

मंसिर २०,धनगढी : नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सका नरेन साउँदले तहल्का मच्चाएपछि जारी एनपिएलमा सुदूरपश्चिम रोयल्सले काठमाडौं गुर्खाजविरुद्ध ७३ रनको जित निकालेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमले प्रस्तुत गरेको १६८ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौंले १५.५ ओभरमा सबै विकेट गुमाएर ९४ रनमात्रै बनाउन सक्यो ।

काठमाण्डौंको ब्याटिङ अडर ध्वस्त गर्न नरेन साउँदले डेब्यु खेलमै ५ विकेट चट्काए । प्लेर अफ दि म्याच बनेका उनले स्टेफन स्काइनिजी,गिरार्ड इरामस,रसिद खान,कप्तान करन केसी र साहब आलमलाई पवेलिएन फर्काए । साउँद हिजो राती मात्रै यु१९ एसिया कपमा सहभागी भएर नेपाल आइपुगेका हुन । एसिया कपमा नेपालले अफगानिस्तानलाई १ विकेटले पराजित गर्दा नरेनले महत्वपूर्ण २६ रनको पारी खेलेका थिए ।

नरेन बाहेक अविनाश बोहराले ३ ओभरमा १ मेडन राख्दै १२ रन खर्चेर २ विकेट लिए । यस्तै ब्राण्डन म्याकमुलेन र सैफ जैबले समान १ विकेट लिए । काठमान्डुका लागि स्टेफेन इस्किनाजीले सर्वाधिक ३७ रन बनाए । ३३ बल खेलेका उनले ५ चौका र १ छक्का प्रहार गरे । सुमित महर्जनले १४ तथा भिम शार्की र जेरार्ड एरासमसले समान १० रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

त्यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ब्राण्डन म्याकमुलेनको अर्धशतक र दीपेन्द्र सिंह ऐरीको आक्रमक ब्याटिङमा १६७ रन बनाएको थियो ।म्याकमुलेनले ३६ बल खेल्दै ३ चौका र ४ छक्का मदतमा सर्वाधिक ५३ रन बनाए । यस्तै कप्तान दीपेन्द्रले २५ बलमा ३ चौका र २ छक्का मदतमा ४३ रन जोडे ।ओपनर विनोद भण्डारीले २८ बल खेल्दै समान २ चौका र छक्का मदतमा ३५ रन बनाए । सैफ जैबले ११ रन जोडे । बलिङमा काठमान्डुका रासिद खानले २ विकेट लिए । कप्तान करण केसी, शाहब आलम र एरासमसले १/१ विकेट लिए ।

प्रतियोगितामा सुदूरपश्चिमको यो लगातार दोस्रो जित हो । सुदूरपश्चिमले यसअघि पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध ९० रनको जित निकालेको थियो । प्रतियोगीतमा ३ खेल खेलेको काठमाण्डौं गोर्खाजले भने १ मा जीत र दुइमा हार व्यहोरेको छ ।

Leave a Reply