You are currently viewing नरेन साउँदले फाइनलमा उत्कृष्ट अलराउण्ड प्रर्दशन गरेपछि रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको उपाधि वेष्टर्न क्रिकेट क्लबलाई

नरेन साउँदले फाइनलमा उत्कृष्ट अलराउण्ड प्रर्दशन गरेपछि रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको उपाधि वेष्टर्न क्रिकेट क्लबलाई

माघ ३०,धनगढी : नरेन साउँदले फाइनलमा उत्कृष्ट अलराउण्ड प्रर्दशन गरेपछि रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको उपाधि वेष्टर्न क्रिकेट क्लबले जितेको छ ।भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा सम्पन्न भएको २३ औं संस्करणको फाइनलमा लुम्बिनी खुकुरी क्लबलाई ३९ रनले पराजित गर्दै वेष्टर्नले तेस्रोपटक सुपर लिगको उपाधि जितेको हो। वेष्टर्न क्रिकेट क्लबलाइ उपाधि दिलाउन नरेन साउदले ब्याटिङ तर्फ ६६ रन तथा बलिङ तर्फ ४ विकेट चट्काए । अलराउण्ड प्रदर्शन गरेका नरेन साउँद म्यान अफ द फाइनल घोषित भए ।


टस जितेर ब्याटिङ गरेको वेष्टर्नले निर्धारित ४१ ओभरमा ४०।४ ओभर खेल्दै सबै विकेट गुमाएर २ सय २५ रन बनाएको थियो । टोलीका लागि नरेन साउदले अर्धशतक बनाए । नरेनले ६६ , देव खनालले ४६, सन्देश थापाले २२, रन्जित खड्काले २१, निरकुमार गुप्ताले २० र भुवन पाण्डेले १४ रन बनाए ।बलिङमा लुम्बिनी खुकुरीका अजयकुमार चौहानले ५, भुवन कार्कीले २ , दुर्गेश गुप्ता र सुप्रित घिमिरेले समान १ विकेट लिए । २ सय २६ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रेको लुम्बिनी खुकुरी ३८ ओभरमा १ सय ८६ रनमा अलआउट भयो ।

उसका लागि निश्चल चौधरीले ४३, भुवन कार्कीले २८, प्रज्वल थापाले २३, समीर अलीले २१, अमर मिश्राले १६ र अजयकुमार चौहानले १० रन बनाए। बलिङमा वेष्टर्नका नरेन साउदले ४, देव खनाल र सुझाव थापाले समान २ र सन्देश थापाले १ विकेट लिए । वेष्टर्नले उपाधिसँगै १ लाख १ रुपैयाँसहित ट्रफी र दोस्रो लुम्बिनी खुकुरीले ५० हजार १ रुपैयाँ प्राप्त गर्यो ।

वेष्टर्नकै देव खनाल म्यान अफ द सिरिज बने । वेष्टर्नका अभिशेष गौतम उत्कृष्ट बलर, न्यु होराइजनका निश्चल ज्ञवाली उत्कृष्ट ब्याटर र तिलोत्तमा क्रिकेट क्लबका सन्दीप यादव उदयीमान खेलाडी घोषित भए । उनीहरुले समान ५ हजार रुपैयाँ प्राप्त गरे ।

Leave a Reply