You are currently viewing नरेन साउँद बलिङमा चम्किएपछि घोडाघोडी–११ सुख्खडको शान्त्वना जीत /@ArjunTrophy /@NarenSaud

नरेन साउँद बलिङमा चम्किएपछि घोडाघोडी–११ सुख्खडको शान्त्वना जीत /@ArjunTrophy /@NarenSaud

माघ २४,धनगढी : घोडाघोडी–११ सुख्खडका नरेन साउँदले उत्कृष्ट बलिङ प्रर्दशन गरेपछि फेण्ड्स युथ क्लब डडेल्धुरा १ विकेटले पराजित भएको छ । सुरुवाती दुई खेलमा पराजय भोगेकोे घोडाघोडी–११ सुख्खडले लिग चरणको अन्तिम खेलमा फेण्ड्स युथ क्लब डडेल्धुरा विरुद्ध भने रोमाञ्चक जित निकालेको हो । घोडाघोडी–११ सुख्खडलाई जीत दिलाउन नरेन साउँदले ४ ओभर बलिङ गर्दै १३ रन खर्चेर ४ विकेट चट्काए । साउँद म्यान अफ दी म्याच समेत चुनिएर नगद दश हजार प्राप्त गरे । प्रतियोगीतामा सान्त्वना जीत निकालेको घोडाघोडी–११ सुख्खड प्रतियोगीताको नअआउट चरणमा भने पुग्न सकेन ।

फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा विहीबार भएको दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको डडेल्धुराले निर्धारित २० ओभरमा ८ विकेट क्षतिमा एक सय २४ रन बनायो । डडेल्धुराका लागि अविजित विनोद भण्डारीले अर्धतशकीय पारी खेले । चार छक्का दुई चौका प्रहार गरेका उनले ४७ बलामा ५६ रन बनाए । कुशल भुर्तेलले १३ रन, आयुष्मान बलमे ११ रन र गजेन्द्र बोहोराले १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो रन अंक जोड्न सकेनन् । घोडाघोडीका लागि नरेन साउँदले सर्वाधिक चार विकेट लिए । सौर्य श्रेष्ठले दुई विकेट, भुपेश जोशी र सन्जय बोहोराले एक एक विकेट लिए ।


एक सय २५ रनको लक्ष्य लिएर मैदान उत्र्रिएको घोडाघोडी–११ सुख्खडले १९.५ओभरमा ९ विकेट क्षतिमा विजय लक्ष्य भेट्टायो । टीमलाई जिताउन आयुव चन्दले ३३ रन, योगेश भाटले २० रन, शेर मल्ल र दिपक टमाट्टाले समान १८ रन बनाएर आफ्नो टीमलाई जित दिलाए । डडेल्धुराका लागि हेमन्त धामीले ३ विकेट, अभिषेक गौतमले दुई विकेट तथा कुशल भुर्तेल, गजेन्द्र बोहोरा र कृस ऐरले एक एक विकेट लिएपनि आफ्नो टीमलाई जिताउन सकेनन् । आजको खेलमा हार व्यहोरे पनि फेण्ड्स युथ क्लब डडेल्धुरा अघिल्ला दुई खेलमा जित निकालेर सेमिफाइनल पुगिसकेको छ ।

 


प्रतियोगिता अन्तर्गत लिग चरणको अन्तिम खेल हुनेछ । भोली दिउँसो हुने खेलमा सिवाईसी अत्तरिया र न्यु होराईजन बुटवल बीच प्रतिस्पर्धा हुनेछ । नेपाल क्रिकेट संघको बार्षिक क्यालेण्डरमा समावेश भएको प्रतियोगिता माघ २८ गतेसम्म सञ्चालन हुनेछ । धनगढी र सुदुरपश्चिम प्रदेशको क्रिकेटका सारथी रहेका स्वर्गीय अर्जुन खड्कालाई समर्पित गर्दै आयोजना गरिएको प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफी पाउनेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०÷५० हजार पाउनेछन । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ ।

 

 

Leave a Reply