फाल्गुन १३,धनगढी: प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगीताका लागि प्रदेश स्तरीय छनौट खेल्ने कैलालीको टोली घोषणा भएको छ । मंगलबार एक विज्ञप्ती जारी गर्दै जिल्ला क्रिकेट संघ कैलालीले नारायाण जोशीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको हो ।
कप्तान जोशीसँगै टोलीमा शेर मल्ल,टेक रावत,बसन्त कार्की,नवयुग बस्नेत,सुबोध ऐर,आयुब चन्द,डम्मर माझी,आकाश बिष्ट,मिलन जैशी,सुदिप साउँद,हर्क बस्नेत,निश्चल क्षेत्री र दिपक रोकाया रहेका छन ।
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगीताका लागि प्रदेश स्तरीय छनौट भोलीदेखि बैतडीको सुन्दरखाली मैदानमा हुँदैछ । कैलालीले भने फाल्गुन १५ गते कञ्चनपुरसँग धनगढीको फाप्ला मैदानमा खेल्दै प्रतियोगीताको सुरुवात गर्नेछ । प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगीताका आगमी मार्च ९ देखि २९ तारिखसम्म लुम्बनी प्रदेशमा आयोजना हुँदैछ ।