You are currently viewing निङ्ग्लाशैनी देवी मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा पुनः अवस्थी

निङ्ग्लाशैनी देवी मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा पुनः अवस्थी

१६ श्रावण २०८२, : कैलालीको धनगढी उपमहानगरपालिका–१३ स्थित श्री निङ्ग्लाशैनी देवी मन्दिरको १८औं वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ।
कार्यक्रम निङ्ग्लाशैनी देवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र राज अवस्थीको अध्यक्षतामा सुरु भएको थियो। उक्त सभामा प्रमुख अतिथि सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टी.एन. जोशी रहेका थिए।सुदूरपश्चिमको डोटी जिल्लास्थित तत्कालीन महादेवस्थान गा.वि.स.–१, हिन्नेकांडा (हाल आदर्श गाउ‘पालिका–४) पुख्र्यौली घर भइ हाल कैलाली कञ्चनपुरका विभिन्न ठाउँमा बसोबास गर्दै आएका हिन्नेकांडीहरुद्वारा २०६२ सालमा स्थापना गरिएको यो मन्दिर हाल कैलाली र कञ्चनपुरका विभिन्न स्थानहरूमा बसोबास गर्दै आएका हिन्नेकांडी समुदायको धार्मिक आस्थाको केन्द्र बनेको छ। विशेषगरी कार्तिक महिनामा यहॉ धुमधामका साथ जात्रा तथा अन्य मौलिक चाडपर्वहरू मनाउदै आएका छन् ।


साधारण सभासँगै नयॉ कार्यसमिति पनि चयन गरिएको छ। समितिको अध्यक्षमा पुनः खगेन्द्र राज अवस्थी दोहोरिनु भएको छ। अन्य पदाधिकारीहरूमा तुलाराम भट्ट उपाध्यक्ष, डण्डीराज ओझा सचिव, लक्ष्मीदत्त अवस्थी सहसचिव, र मञ्जु ओझा कोषाध्यक्ष चयन भएका छन्।
त्यसैगरी सदस्यहरूमा दिर्घराज अवस्थी, रघुनाथ भट्ट, भोजराज अवस्थी, रामदत्त अवस्थी, कृष्णदत्त ओझा, ध्रुवराज ओझा, केशव ओझा, र लाल दमाई रहनुभएको छ। समितिमा जम्मा १३ सदस्यहरू समावेश गरिएका छन्। साधारण सभाको सञ्चालन सचिव दिनेश ओझाले गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply