You are currently viewing नेपालको इनिङमा ११ चौका ११ छक्का,ओमानलाई दियो १७७ रनको लक्ष्य
File Photo

नेपालको इनिङमा ११ चौका ११ छक्का,ओमानलाई दियो १७७ रनको लक्ष्य

गुल्सनकुमार झा र दीपेन्द्रसिंह ऐरीको आक्रामक ब्याटिङसँगै नेपालले क्यानडा ट्वान्टी–२० त्रिकोणात्मक सिरिजमा ओमानलाई १७७ रनको विशाल लक्ष्य दिएको छ।

किङ सिटीमा ओमानका कप्तान अकीब इलियासले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका थिए। पहिला ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनाएको हो। नेपालका गुलशन झा १७ बलमा ३ चौका र ३ छक्कासहित ४० रनमा नट आउट रहे । दीपेन्द्रसिंह ऐरी ५ बलमा २ छक्का र १ चौकासहित १८ रनमा नट आउट रहे ।

आसिफ शेख २२ बलमा १ चौका र २ छक्का तथा अनिल साहले २१ बलमा ३ चौका र १ छक्कासहित २७/ २७ रन बनाए । देव खनाल र कप्तान रोहित पौडेल २/ २ रनमा आउट भए ।कुशल मल्ल २६ बलमा २ चौका र २ छक्कासहित ३० तथा कुशल भुर्तेल १७ बलमा १ चौका र १ छक्कासहित २० रनमा आउट भए ।

ओमानका अकिब इलियासले ४ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए । सकिल अहमद, फयाज बट र जिशान मकसुदले १/१ विकेट लिए ।

Leave a Reply