असोज १५,धनगढी: क्यानडामा जारी त्रिकोणात्मक टि २० क्रिकेट सिरिजमा तेश्रो खेल खेलिरहेको नेपालले ताजा अवस्थामा १४.५ ओभरको खेल सकिदा ८७ रन बनाउँदै ४ विकेट गुमाएको छ । नेपालका लागि ओपनर अनिल शाहले ३० बलको सामना गर्दै ४१ बनाएर आउट भएभने अर्का ओपनर आसिफ शेखले ३० बलमा ३० रनाएर क्याच आउट भए ।
त्यसैगरी कप्तान रोहित कुमार पौडेल पनि ६ बलमा ४ रन जोड्दै पवेलिएन फर्किए भने कुशल मल्ल खराब सट खेल्दै १२ बलमा ४ रन जोडेर आउट भए । नेपालले ७० रन बनाउँदा विकेट गुमाएको थिएन तर ओपनर अनिल शाह पवेलिएन फर्किने बित्तिकै नेपालले लगातार विकेट गुमाइ रहेको छ । अहिले नेपालका लागि गुल्शन झा र कुशल भुर्तेल क्रिजमा छन ।
शनिबार राति भएको पहिलो खेलमा घरेलु टोली क्यानडासँग नेपाल १४ रनले पराजित भएको थियो। क्यानडाले दिएको १२४ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभरमा सबै विकेट गुमाउँदै १०९ रन मात्रै बनाउन सक्यो। तर, सोमबार बिहान भएको दोस्रो खेलमा गुल्सनकुमार झाको अलराउन्डर प्रदर्शनसँगै नेपालले ओमानलाई ३७ रनले पराजित गर्दै सिरिजमा पुनरागमन गरेको थियो। नेपाली त्यही लयलाई कायम राख्ने लक्ष्यमा हुनेछ।